दशाैं मान बहादुर स्मृति कप छोइलिङले जित्यो

Avatar photo
Dhadingpost
बिहिबार, माघ ३, २०८१

धादिङ । धादिङको नीलकण्ठ १० पात्लेमा पुस २५ देखि सुरुभएकाे १०औं मन बहादुर स्मृति कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता छोइलिङ युबा क्लबले जितेकाे छ ।

हिजाे माघ २ गते भएकाे फाईनलमा खेलमा छोइलिङले जनआवाज युवा क्लबलाई १-० को रोमाञ्चक जित हासिल गर्दै उपाधि जित्न सफल भएको हाे ।

याे जित सँगै विजेता छाईलिङले उपाधिसहित नगद १ लाख ३१ हजार हात पारेकाे भने उपविजेता जनआवाज ले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

प्रतियाेगितामा उत्कृष्ट गोलरक्षक: दिवस तामाङ (छोइलिङ युथ क्लब), उत्कृष्ट खेलाडी: सन्तोष गुरुङ (जनआवाज युथ क्लब), सर्वाधिक गाेलकर्ता: उर्गेन शेर्पा (कुपा युवा समाज) लाई समेत सम्मान गरिएकाे थियाे । फाईनल खेल पछि ल्होछार विशेष सांस्कृतिक भएकाे थियाे ।

यस प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् । गत वर्ष  नवौं संस्करणमा १ लाख ३० हजार पनि उनले प्रथम पुरस्कारका लागि सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।

नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको प्रेम पाख्रिन तामाङले धादिङ पोष्टलाई बताए ।