नवौं मानबहादुर कपको उपाधी चिसापानीले जित्यो

Avatar photo
Dhadingpost
बुधबार, माघ ३, २०८०

धादिङ । नीलकण्ठ १४ धुवाँकोट पात्लेमा पुस २५ गतेबाट विद्यार्थी उपकार संघको आयोजनामा जारी नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी चिससापानी युवा क्लव नीलकण्ठले जितेको छ ।

चिसापानी युवा क्लव र जनआवाज युवा क्लव माने बीच मंगलबार भएको फाईनल खेलमा चिसापानीले ३–१ को गोल अन्तरले जितेको हो । जितका लागि राजिव लोप्चनले २ गोल र विपिन कडेलले १ गोल गरेका थिए भने उपविजेता जनआवाजका लागि अनिल तामाङले १ गोल गरेका थिए ।

जित सँगै चिसापानीले नगद १ लाख ३० हजार र आकर्षक शिल्ड, उपविजेता जनआवाजले ६० हजार नगद, सेमिफाईनलमा रोकिएका बिहानी युवा क्लव र खरबारी युवा क्लवले २०–२० हजार पुरस्कार पाएका छन् । प्रथम पुरस्कारका लागि लन्डनमा बस्दै आएका पुर्ण पाख्रिनले सौजन्य गरेका थिए । यस्तै उत्कृष्ट कोच चिसापानीका सविन गुरुङ, उत्कृष्ट खेलाडी चिसापानी कै राजिव लोप्चन, उत्कृष्ट गोलरक्षक चिसापानीका सनम शेर्पा र सर्वाधिक गोलकर्ता खरबारी टिमका विशेष वाईवा (उनले प्रतियोगिता अवधिभरमा १० गोल गरेका थिए) लाई पुरस्कृत गरिएको थियो ।

गत साल सम्पन्न आठौं मानबहादुर मेमोरियल कप फुटबल धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १(२ को गोल अन्तरले हराउँदै नुवाकोटको दाङसिङ युवा क्लवले जितेको थियो । उक्त प्रतियोगितामा प्रथमलाई १ लाख २५ हजार र उपविजेतालाई ६० हजार प्रदान गरिएको थियो ।