नवौं मानबहादुर कपका लागि पुर्ण पाख्रिनद्वारा १ लाख ३० हजार सहयोग

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १०, २०८०

धादिङ । धादिङ जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको नवौं मानबहादुर स्मृति कप फुटबल प्रतियोगिताको लागि पुर्ण पाख्रिनले प्रथम पुरस्कारका लागि १ लाख ३० हजार सहयोग गरेका छन् । प्रतियोगिता पुस २५ गते देखि माघ २ गते सम्म पात्ले खेल मैदानमा हुने छ ।

नीलकण्ठ नगरपालिका १४ पात्ले खेल मैदानमा विद्यार्थी उपकार संघले आयोजना गर्न लागेको नवौं मानबहादुर स्मृति कप पुरुष पुटबल प्रतियोगिताको प्रथम पुरस्कारका लागि १ लाख ३० हजार स सहयोग गर्ने स्वर्गिय मानबहादुरका छोरा हुन् । उनी तमाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् । उनी रेडिङ युकेमा बसोबास गर्दै आएका धुँवाकोट पात्ले निवासी हुन् ।

प्रतियोगिताको बारेमा निम्न ५८६३४३७४६०, ४८४३६२८५००, ४८१८३५६५७७, ४८४१३४७२७०, ४८६१३०४३२२ नम्बरहरुमा कल गरेर जानकारी लिन सकिने छ ।