दशौं मानबहादुर कपका लागि पूर्ण पाख्रिनद्वारा १ लाख ३१ हजार सहयोग

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ९, २०८१

धादिङ । पुष २५ गतेदेखि माघ २ गतेसम्म नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा हुने दशौं मान बहादुर मेमोरियल 7 “A” साइड खुल्ला नकआउट फुटबल कप का लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् ।

विगत नौं वर्ष देखि हरेक वर्ष विद्यार्थी उपकार संघ नीलकण्ठ १४ पात्लेले आयोजना गर्दै आई रहेको मानवहादुर मेमोरियल कपको नवौं संस्करणमा पनि पाख्रिनले १ लाख ३० हजार सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।

नवौं कप चिसापानीले जितेको थियो भने आठौं दाङसिङ नुवाकोटलेले जितेको थियो । जनआवाज युवा क्लव माने धुवाँकोटलाई हराउँदै छैटौं मानबहादुर कप फुटबल नुवाकोटको नवस्टारले जितेको थियो ।

नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ ।