ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्ड सुनखानीले जित्यो

Avatar photo
Dhadingpost
सोमवार, पुस २९, २०८१

धादिङ । ज्वालमुखी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा सुनखानी माविले ८ स्वर्ण १० रजत र ७ कास्य पदक सहित प्रथम भएको छ ।

स्थानीय शिक्षा अधिकारी देवकी सिंखडाका अनुसार २७ गते गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा त्रिपुरासुन्दरी मावि ५ स्वर्ण, ३ रजत र ८ कास्य सहित द्धितीय, बराहकालिका मावि ५ स्वर्ण, ३ रजत र ३ कास्य सहित तृतीय, शमिभञ्ज्याङ मावि ३ स्वर्ण, ३ रजत ३ कास्य सहित चौंथौं, बालादेवी मावि ३ स्वर्ण, २ रजत र १ कास्य सहित पाँचौं भए ।

यस्तै सालबास मावि २ स्वर्ण, १ रजत र ३ कास्य, अन्नपूर्ण मावि २ स्वर्ण, ३ कास्य, संस्कृत मावि १ स्वर्ण, २ रजत २ कास्य, भूवनेश्वरी मावि १ स्वर्ण, २ रजत १ कास्य, कालिका मावि २ रजत १ कास्य, ठुलोचौर मावि १ रजतमा रोकिए ।

दोस्रोतेस्रो राष्ट्रपति रनिङ शिल्ड लगातार चुमेको शमिभञ्ज्याङ यो पटक तृतीयमा झरेको छ भने गत वर्ष भएको दोस्रो भएको सुनखानी मावि यो पटक विजेता बन्न सफल भएको छ ।

विजेता विद्यार्थी र विद्यालयलाई नेपाली कांग्रेस नेता एवम् प्रदेश सांसद गोविन्द लम्सालले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रममा ज्वालामुखी गाउपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षता रहेको थियो ।