ज्वालामुखीको रास्ट्रपति रनिङ शिल्ड शमिभञ्ज्याङले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०८०

धादिङ । ज्वालामुखी स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शमिभञ्ज्याङ माध्यामिक विद्यालयले ९ स्वर्ण ,२ रजत र ३ कास्य गरी १५ पदकले जितेको छ । यस अघि ०७६ सालमा राष्ट्रपति रनिङ शिल्ड शमिभञ्ज्याङले जितेको थियो । त्यो खेलमा ८ स्वर्ण, ३ रजत र ६ कास्य गरि १७ पदक ल्याई विजेता बनेको शमिभञ्ज्याङले यो पटकको जितमा भने १५ पदक ल्याएको छ ।

मंसिर ३० गतेदेखि संचालन भएको उक्त प्रतियोगितामा सुनखानी मावि ६ स्वर्ण, ४ रजत र ८ कास्य सहित द्धितीय, त्रिपुरासुन्दरी मावि ६ स्वर्ण ,४ रजत र ३ कास्य सहित तृतीय भए ।

यससैगरी बालादेवी माविले ३ स्वर्ण, ३ रजत र २ कास्य, बराहकालिका माविले २ स्वर्ण,५ रजत र ५ कास्य, अन्नपूर्ण माविले १ स्वर्ण,३ रजत र २ कास्य, संस्कृति तथा साधारण माविले २ स्वर्ण, १ रजत, सालबास माविले २ रजत र ५ कास्य पदक, भुवनेश्वरी माविले १ स्वर्ण, १ रजत, कालिका माविले ४ रजत र ठुलोचौर माविले १ रजत जितेका छन् ।

विजेता विद्यार्थी र विद्यालयलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली कांग्रेस केन्द्रिय उपसभापति धनराज गुरुङले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रममा ज्वालामुखी गाउपालिका अध्यक्ष यामनाथ दनैको अध्यक्षता रहेको थियो ।

तस्वीर: रामकुमार शाक्य