विद्यार्थी उपकार संघ नीलकण्ठ १४ धुवाँकोट पात्लेको आयोजनामा भोली पुस २५ देखि माघ २ गते सम्म दशौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन गहिरहेको छ । यस प्रतियोगितामा ३२ टिमले भाग लिने भएका छन् ।
पोल “A” का टिमहरू: S.B.A “B”, बज्र पदम, सेलडाँडा “C”, kupa “A”, मेन्दोफोले “B”, कन्यास्थान, देवलिचाप, सिर्जनशील, सेलडाँडा “B”, भंगेरी “A”, B.Y.C, भुईखेल “B”, जनआवाज “A”, साईपत्री निग्लिनी, जुरेथुम, चोइलिङ युथ क्लब रहेका छन् भने पोल “B” का टिमहरूमा: N.Y.C सल्यानटार, मेन्दोफोले “A”, टिम मनाङ, नमोबुद्ध, Kupa “B”, अन्नपूर्ण, सेलडाँडा “A”, भुईखेल “A”, भंगेरी “B”, थर्पु, टिम मार्पाक, माईबल, S.B.A “A”, तामाई,चौतारा, जनआवाज “B” रहेका छन्
- नवौं संस्करणको विजेता चिसापानी
- आठौं संस्करणको विजेता दाङसिङ नुवाकोट
- छैटौंं संस्करणको विजेता नवस्टार नुवाकोट
यो दशौं संस्करण प्रतियोगिताको पुरस्कार राशी विजेतालाई १ लाख ३१ हजार, उपविजेतालाई ६० हजार, सेमिफाईनलमा पुग्ने दुई टिमलाई २०-२० हजार रहेको प्रेम तामाङले जानकारी दिए । यस प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् । गत वर्ष नवौं संस्करणमा १ लाख ३० हजार पनि उनले प्रथम पुरस्कारका लागि सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।
नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ ।