धादिङको टिम तयार, पौष १२ गते पहिलो खेल मकवानपुर सँग

Avatar photo
नारायण सिलवाल
बिहिबार, पुस ११, २०८१

धादिङ । धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाज यहि पुस १० गते हुने बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताका लागि समूह ‘सी’ मा परेको छ । यो समूहमा धादिङ, ललितपूर र मकवानपूर रहेका छन् ।

धादिङको धुनीबेसीले पहिलो लिग खेल पुस १२ गते ३ बजे मकवानपूर सँग खेल्ने छ । चार समूह बनाएर खेलाईने यस प्रदेश लिग पुस २० गते सम्म हेटौंडामा हुनेछ ।

धादिङ टिमका खेलाडीहरु
१.सञ्जय तामाङ, २. जेनिश थापा DYC, ३. आमन घले DYC, ४. सुजल लामा DYC, ५. सुर्य गुरुङ BUC, ६. योगेश घलान DYC, ७. शैलेन्द्र तामाङ भद्रकाली, ८. दुर्गा गुरुङ भद्रकाली, ९. राहुल काफ्ले DYC, १०. सागर तामाङ BUC, ११. मनिश नेपाली Gajuri samudayik, १२. आकाश तामाङ Gajuri samudayik, १३. सुरेन्द्र डंगोल DYC, १४. प्रदिप डंगोल DYC, १५. सुवाष अधिकारी क्षेत्री DYC, १६. राजेश थापा DYC, १७. विवेक घलान DYC, १८.सक्सेस श्रेष्ठ DYC, १९. श्रीकृष्ण रेग्मी DYC, २०. प्रदिप कोईराला DYC, २१. निश्चल खरेल DYC, २२. प्रशन्न भट्टराई

गत चैतमा धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिगमा भद्रकाली सामुदायिक समाज मलेखुलाई २-१ पराजित गर्दै धुनिबेसी प्रदेशका लागि छनोट भएको थियो ।

यसअघि आठौं एन्फा लिगको धादिङ समाज धादिङबेसी जिल्ला लिग, प्रदेश लिग जित्दै अन्तर प्रदेश लिग खेलेको थियो भने नवौं जिल्ला लिगको विजेता विद्यार्थी उपकार संघ नीलकण्ठले कोरोनाको कारण प्रदेश लिग नै नभए पछि जिल्ला लिग भन्दा माथिका खेल्न पाएन ।