धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशनमा यहि असोज २२ गते धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुँदैछ । याँ कार्य समिति गठन गर्ने उक्त महाधिबेशनमा १८ देशबाट १३४ जना प्रतिनीधिहरु सहभागी हुने छन् ।
निर्वमान अध्यक्ष राजन खकुरालले पुन दोहोर्याउन इच्छा नगरेपछि कार्यसमितिमा आकांक्षीहरु बढेकाछन् । स्रोतका अनुसार अध्यक्ष पदका लागि अहिले सम्म ३ जनाले तयारी थालेका छन् भने उपाध्यक्षका लागि १० जना आकांक्षी देखिएका छन् , यस्तै महासचिवमा २ जनाले दावी गरेका छन् ।
स्रोतका अनुसार अध्यक्ष पदका लागि अमेरिका, बेल्जियम, अष्ट्रेलियाबाट र उपाध्यक्ष पदका लागि अमेरिका, अष्ट्रेलिया, जापान, यूके, पोर्चुगल, बेल्जियम, भारत, फिनल्याण्ड, नेपाल र कोरियाबाट यस्तै महासचिव पदका लागि पोर्चुगल र जापानबाट आकांक्षी देखिएका छन् ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।
भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।
अध्यक्ष राजन खकुरालले तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अपिल समेत गरेका छन । जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको यस समाजले कोरोना संकट होस् या भूकम्पको क्षतीमा उल्लेखनिय रुपमा सहयोग गरेको थियो ।