अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा शाखा विस्तार

Avatar photo
नारायण सिलवाल
बिहिबार, बैशाख २७, २०८१

धादिङ । धादिङ । समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र बोकेको अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ । संसार भरबसोबास गर्ने धादिङवासीहरुलाई एकै छाता मुनि ल्याउने अन्तराष्ट्रिय धादिङ समाजको योजाना अनुसार शाखाहरु विस्तार भएको समाजका अध्यक्ष राजन खकुरालले धादिङपोष्टलाई बताए ।

शाखा अध्यक्ष/संयोजकहरु
जापान- श्याम हरि तिमल्सिना
अमेरिका- टकबहादुर रूवाली
बेलायत- धनबहादुर तामाङ
द कोरिया- सन्तोष अधिकारी
भारत- बल बहादुर सिटौला
युएई- पुस्पा गुरुङ
बेल्जियम- कृष्ण न्यौपाने
अस्ट्रेलिया- अर्जुन केसी
फिनल्याण्ड- सुदिप भुषण अर्याल
पोर्चुगल- कुमार घलान
क्यानाडा- शम्भु ठकुरी
मकाउ- नवराज लम्साल (संयोजक)
बहराइन- अनिल श्रेष्ठ (संयोजक)
चेक रिपब्लिक– दीपक गिंदेल (संयोजक)
फ्रान्स- सुमित्रा बुर्लाकोटी (संयोजक)
नेदरल्याण्ड- राम कुमार तामांग (संयोजक)
इराक- श्याम माम्बा तामाङ (संयोजक)
कतार- सोमनाथ कँडेल (संयोजक)

अन्तराष्ट्रिय धादिङ समाज धादिङको सामाजिक क्षेत्र तथा विपन्न समुदायमा सहयोग गर्दै आईरहको छ । हामी विश्वभर रहेका धादिङवासीहरु एकाकार हुने अभियानमा छौं, साथै जिल्लामा सहयोग पनि गर्दै आएका छौं, शाखा विस्तारलाई निरन्तरता दिईने अध्यक्ष खकुरालले बताए ।