धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन आगामी असोज २२ गते अर्थात अक्टोबर ८ तारिकका दिन धादिङबेसीमा हुने मिति तय भएको छ । महाधिबेशनको तयारीका लागि समाजका केहि सदस्यहरु नेपाल आईसकेका छन् ।
धादिङबेसी स्थित क्रिक रिसोर्टमा हुने उक्त महाधिबेशनमा विश्वका १८ देशमा रहेका धादिङ्गेलीहरु मध्यबाट १३४ जना प्रतिनीधी भएर सहभागी हुनेछन् । अध्यक्ष राजन खकुरालका अनुसार भौतीक उपस्थिति जनाउन नसक्ने प्रतिनीधिहरु भर्चुअल माध्यमबाट जोडिने छन् । उनीहरुले पनि उम्मेदवार बन्न र मताधिकार प्रयोग पाउने व्यवस्था गरिएको छ ।
अन्तराष्ट्रिय धादिङ समाजको १८ देशमा राष्ट्रिय समन्वय परिषदको शाखा विस्तार भएको छ । ति शाखाहरुले, तोकिएको प्रतिनीधहरु पठाउने र तोकिएका प्रतिनीधिहरुले तोकिएको प्रतिनीधि शुल्क समाजको खातामा डिपोजिट गरेको भौचर प्राप्त भएपति मात्रै मान्यता लिईने अध्यक्ष खकुरालले बताए ।
कुन देशबाट कति जना प्रतिनीधि
अमेरिका -१५, जापान -१५, अष्ट्रेलिया १५, बेलायत -१०, कोरिया -७, भारत -१५, कतार -१०, यूएई -१०, बहराईन -२, बेल्जियम -१०, पाेर्चुगल -१०, फिल्याण्ड -५, मकाउ -१, फ्रान्स -१, क्यानडा -१, नेपाल -५, नेदरल्याण्ड -१ र चेक रिपब्लिक -१
तेस्रो महाधिबेशनको निर्वाचन कमिटी गठन
तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनको लागि एनआरएन आईसीसीका उपाध्यक्ष रामशरण सिमखडा (यूके) को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिको सदस्य सचिव हरिराम बुर्लाकोटी (अमेरिका), सदस्यहरुमा चिज कुमार तामाङ (पोर्चुगल), किरण अधिकारी (अस्ट्रेलिया) र कृष्ण खनाल (जापान) रहेका छन् । यस्तैनिर्वाचन सुपरिवेक्षणमा एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल, एनआरएनए आइसिसी सचिव मनोज गोर्खाली र अन्तर्राष्ट्रिय धादिङ समाजका निवर्तमान अध्यक्ष नानुकाजी अर्याल छन् ।
२०७४ साल असोज १६ धादिङबेसीमा भुवन गुरुङ संयोजकत्वमा सम्पन्न पहिलो भेलाले अन्तराष्ट्रिय धादिङ समाज तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो जस अनुरुप ०७४ असोज ३१ (अक्टोबर १७) काग तिहारको दिन धादिङबेसीमा सम्पन्न भेलाले नानुकाजी अर्याल अध्यक्ष रहेको तदर्थसमिति बनेको थियो ।
त्यसपछि अन्तर्राष्ट्रिय धादिङ समाजको विश्व भेला तथा प्रथम अधिवेशन २०७६ अससोज २७ गते काठमाडौमा सम्पन्न भएको थियो उक्त अधिबेशनबाट अध्यक्षमा पुन: नानुकाजी श्रेष्ठ चयन भएका थिए, भने तेस्रो कार्यकालको लागि २०७८ असोज २४ गते भएको दोस्रो अधिवेशनमा अध्यक्षमा राजन खकुराल चयन भएका थिए ।
भर्चुअल माध्ययमबाट भएको उक्त अधिवेशन अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका थिए ।
अध्यक्ष राजन खकुरालले तेस्रो महाधिवेशन सफल गर्न सम्पूर्ण सम्बन्धित संघ सस्था तथा प्रतिनिधिहरुलाई अपिल समेत गरेका छन । जिल्लामा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको यस समाजले कोरोना संकट होस् या भूकम्पको क्षतीमा उल्लेखनिय रुपमा सहयोग गरेको थियो ।