अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा राजन खकुराल चयन

Avatar photo
Dhadingpost
आइतवार, अशोज २४, २०७८

धादिङ असोज २४ । समृद्ध धादिङ हाम्रो चाहाना, हाम्रो धादिङ राम्रो धादिङ भन्ने मुल मन्त्र बोकेको अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा चैनपुर घर भई यूके बस्दै आएका राजन खकुराल चयन भएका छन् । आज सम्पन्न भएको समाजको भर्चुअल अधिवेशनले वरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ धादिङ, उपाध्यक्षहरुमा कासी दनै बल्जियम, सविन थपलिय अष्ट्रेलिया , महासचिवमा राजेन्द्र श्रेष्ठ जापान, सचिवहरुमा राजेन्द्र थपलिया दक्षिण कोरिया, बाबुकाजी भण्डारी जापान, कोषाध्यक्षमा भगवती उप्रेती नीलकण्ठ र सह कोषाध्यक्षमा रामकुमार थापा धादिङ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नीरु त्रिपाठी अष्ट्रेलिया, सरद शर्मा दाहाल अष्ट्रेलिया, दिपेश सिंखडा अष्ट्रेलिया, रामबाबु दनै जापान, राजेश्वर बस्नेत जापान, सुजाता दुवाडी जापान, महिन्दो वाईवा बेल्जियम, बिशाल तिवारी बेल्जियम चयन भएका छन् ।

अध्यक्षमा चयन भए सँगै खकुरालले ६ बुदें प्रतिवद्धता व्यक्त गरेका छन् ।
१. संसार भरबसोबास गर्ने धादिङवासीहरुलाई एकै छाता मुनि ल्याउने र नेपाल भित्र र बाहिर उनीहरुको हितको संरक्षण र प्रवर्द्धन गर्ने र उनीहरुको क्षमता र स्रोतहरुको उपयोग धादिंगको हितमा गर्ने ।
२. राष्ट्रिय समन्वय परिषदहरु संग समन्वय तथा सहकार्य गर्ने ।
३. संस्थागत र वित्तीय स्थायित्व गरि नेपाल सरकार तथा गैर आवासीय नेपाली संघ संग समन्वय तथा सहकार्य गर्ने
४. राष्ट्रिय समन्वय परिषदहरुहरुको संख्या बढाउने ।
५. धादिङगेली आप्रवासी कामदारहरुको निष्पक्ष र न्यायोचित अधिकारहरुको प्रवर्द्धन र समर्थन गर्ने ।
६. धादिंगमा बृहत समुदायहरुको हितको लागी दिगो सामाजिक प्रभाव गतिविधिहरुलाई बढावा दिने र संलग्न हुने ।