धादिङको दशाैं एन्फा लिगकाे फाईनल धुनीबेसी र भद्रकाली बीच हुने

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ५, २०८०

धादिङ । धुनीबेसी रंगशालामा जारी धादिङको दशाैं एन्फा लिगकाे फाईनल खेल धुनीबेसी युवा समाज र भद्रकाली सामुदायिक विकास समाज मलेखु बीच चैत ६ गते बिहान १० बजे हुने भएकाे छ ।

आज भएकाे सेमिफाइनलमा भद्रकालीले गलाैदी युवा क्लव गजुरीलाई २-१ काे गाेल अन्तरले र धुनीबेसीले ब्वाइज युनाईटेडलाई 3-1 काे गाेल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेका हुन् ।

नवाैं लिग विजेता विद्यार्थी उपकार संघ याे पटक लिग चरण पार नै गर्न सकेन भने आठाैं लिग विजेता धादिङ समाज धादिङ प्रतियाेगिता खेल्नै आएन ।

यस प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र उपविजेता टिमलाई ७५ हजार र सान्तोना २ टिमलाई २५–२५ हजार प्रदान गरिने छ भने पाँच उत्कृष्ट विधामा पर्ने खेलाडीलाई जनही ५ हजार प्रदान गरिने समेत महासचिव रामहरि थापाले धादिङपाेष्टलाई बताए ।