
धादिङ । विगतका वर्षहरुमा जस्तै जनआवाज युवा क्लव मानेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा नीलकण्ठ १४ स्थित मानेभञ्ज्याङमा भव्यरुपमा सोनाम ल्होछार कार्यक्रम शनिबार सम्पन्न गरेको छ । जम्कट्टेल यसअघि २८५७ औं सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रममा समेत धुवाँकोट माने भञ्ज्याङ पुगेका थिए ।
- धादिङ अस्पतालको भवन निमार्णका लागि ६५ करोड सिफारिस
- जे बोल्छु, त्यो पुरा गर्छु -मुख्यमन्त्री जम्कट्टेल
उक्त कार्यक्रममा चर्चित म्हेन्दोमाया गायक गायिका रमला पाख्रिन, सीता लामा, आरम्भ तामाङ,राम गसरुङ आउने छन् भने दुरग्रेनमार्फा गुरुङ, अनुलामा, समिर घिसिङ, ननिता हिमरुङ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।
तस्वीरहरु









