जे बोल्छु, त्यो पुरा गर्छु -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
आइतवार, माघ २८, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित जनआवाज युवा क्लवले आयोजना गरेको मन्जुश्री सम्वत २८६० सोनाम ल्होछार (डुक ल्हो) विशेष ससाँस्कृतिक कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले म जे बोल्छु त्यो पुरा गरेरै छाड्छु । नसक्ने काम गर्छु भन्दिन गर्छु भनेको काम गरे रै छाड्ने बताएका छन् ।

आफु मुख्यमन्त्री भएपछि बागमती प्रदेशले विकासको छलाङ मार्न सुरु गरेको बताउँदै मुख्यमन्त्री जम्कट्लले अबको ५ वर्षमा बागमती प्रदेशका हरेक वडा र पालिका कृषि पकेट क्षेत्रको रुपमा देखिने दावी गरेका छन् ।

नीलकण्ठ १४ स्थित धुवाँकोट मा प्रदेश सरकारले यस वर्ष बजेट विनियोजनमा छुट हुन गएको स्वीकादै उनले यस अघि आफूले राम्रै बजेट धुवाँकोटमा पठाएको र सडक पिचको काम अगाडी बढेको छ तथापी आफुले बोलेको जनआवाजको खेलमैदान स्तरउन्नती, कुपा सामुदायीक भवनलाई पूर्णता दिने काममा भने अहिलेको बजेटमा छुट हुन गएको छ त्यो म पुरा गर्छु मेरो प्रतिवद्धता भयो बोलेको कुरा पुरा गर्ने मेरो बानी भएको उनले बताए ।