धादिङ अस्पतालको भवन निमार्णका लागि ६५ करोड सिफारिस

Avatar photo
Dhadingpost
आइतवार, माघ २८, २०८०

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ अस्पतालको भवन निमार्णको लागि यहि माघ २१ गते बसेको प्रदेश मन्त्री परिषदको बैठकले संघीय सरकार र प्रदेश सरकारको समपुरक वजेटमा ६५ करोड सिफारिस गरेको बताएका छन् ।

मन्जुश्री सम्वत २८६० सोनाम ल्होछार (डुक ल्हो) विशेष ससाँस्कृतिक कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री जमकट्टेलले त्यो पैसा आउँछ अर्को साल धादिङ अस्पतालको नयाँ भवन बन्छ । भवन निमार्ण सँगै सेवामा थप गुणस्तर र प्रविधिमैत्री बनाईले उनले बताए ।

धादिङ साङ्कोस तिप्लिङ सडकका लागी ९९ करोड समपुरक बजेटमा संघीय सरकारमा सिफारिस गरिएको समेत मुख्यमन्त्री जम्कट्लले बताएका छन् ।