बागमती प्रदेशका ८५ पालिकालाई उत्पादन पकेट क्षेत्र बनाउँदै छौं -मुख्यमन्त्री जम्कट्टेल

Avatar photo
Dhadingpost
आइतवार, पुस १५, २०८०

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वडा-वडामा विज्ञ खटाएर कहाँ के उत्पादन हुन्छ अध्ययन गरेर ८५ वटा पालिकालाई उत्पादन पकेट क्षेत्र घोषणा गरिन लागेको बताएका छन् । नेपालमा अहिले सम्म कतै प्रयास नभएको उत्पादनको नयाँ मोडल अनुसार बागमती प्रदेशले अहिले ८५ वटा पालिकालाई उत्पादन पकेट क्षेत्र छनोट गरिएको बताए ।

बेनीघाट रोराङमा कार्यालय रहेको जनकल्याण सहकारीको साधारण सभामा बोल्दै सबै किसानलाई एउटै साँङ्लोमा जोडिने छ । किसानलाई व्यक्तिगत अनुदान १०–२० लाख दिएर उत्पादन बढेन अब व्यक्तिगत हैन सामुहिक उत्पादनमा प्रदेश सरकारको लगानी रहने समेत उनले बताएका थिए ।

आज बिहानै धादिङको धुँवाकोटका सहिद परिवार भेट्न पुगेका मुख्य मन्त्री जम्कट्टेल, त्यसपछि नीलकण्ठ १ को वडा कार्यालय भवन उद्घाटन, धुसेनीमा आयोजित तमू ल्होसार कार्यक्रममा सहभागी हुँदै बेनीघाट रोराङको मलेखुमा सहकारीको कार्यक्रममा पुगेका थिए । तस्वीर सौजन्यः उपेन्द्र जम्कट्टेल