स्यादुल र ज्यामरुङमा प्रजनन रुग्णता स्वास्थ्य शिविर

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको स्यादुल स्वास्थ्य ईकाइ र निलकण्ठ नगरपालिकाको ज्यामरुङ स्वास्थ्य चौकीमा प्रजनन रुग्णता स्वास्थ्य शिविर सम्पन्न भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

शिविरमा स्यादुल स्वास्थ्य सेवा ईकाइ मा ९० जना र ज्यामरुङ स्वास्थ्य चौकी मा १३३ जना सेवाग्राही महिलाहरुलाई प्रजनन स्वास्थ्य अन्तर्गत विभिन्न सेवाहरु (अब्ष्टेटिक फिस्टुला,यौन रोग परिक्षण ,पाठेघरको मुखको क्यान्सर को स्क्रिनिङ,आङखस्ने समस्या र स्तन क्यान्सरको स्क्रिनिङ लगाएत अन्य सेवाहरु) प्रदान गरिएको जनाईएको छ ।