अन्तरास्ट्रिय मजदुर दिवस किन र कहिलेबाट मनाउन थालियो

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १९, २०८१

काठमाडौं । सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।

सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको थियो ।

विराटनगर आन्दोलन: मजदुरले ज्यान गुमाएका थिए
२००३ सालमा गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा विराटगरमा नेपाल मजदुर संघ गठन भयो । गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारणीप्रसाद कोइराला लगायतले मजदुरहरुलाई संगठित गरी मुलुकमा प्रजातन्त्र वहालीको आन्दोलनका लागि विराटनगर जुटमील, कटनमील र केमिकल्स उद्योगमा जागिर गरेर २००३ फागुन २० गते विराटनगरमा शुरु गरे ।
आन्दोलन शुरु भएको २१ दिन पछि बीपी, तारणी, गिरिजाप्रसाद, मनमोहन, गेहेन्द्रहरी शर्मा विकु र युवराज अधिकारीलाई गिरफ्तार गरियो ।
छोराहरु पक्राउ परे पछि उता विराटनगरमा आमा दिव्या कोइरालाले आन्दोलनको संखघोष गरिन्। आमा दिव्याका साथै कोइराला परिवारका छोरीहरु नलिनी, इन्दिरा, कामिनी समेत थुनिए । त्यो आन्दोलनका क्रममा एक मजदुरको मृत्यु भयो । सुख्खा तलवमा दैनिक ११ घण्टा काम गर्दै आएका मजदुरहरुले दैनिक ८ घण्टा काम लगाउनु पर्ने माग मात्र राखेका थिए । नेपालमा भएको पहिलो संगठित आन्दोलन १०४ वर्षे राणा शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र वहाली गर्न कोसेढुंगा सावित भयो ।