धादिङ । होटल नेपालय र नेपालय होम होस्टेलका संचालन कमल प्रसाद रिमाल र उनको श्रीमती सम्झना नेपाल (रिमाल) ले त्रिपुरासुन्दरी ४ स्थित कार्की गाउँ माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री ससहयोग गरेका छन् ।
म आफू पढेको हुर्किएको विद्यालयमा केहि सहयोग गर्ने मन पहिल्यैबाट थियो विदालयले बाल उद्ययनका खेलकुद सामाग्री आवश्यक रहेको बताएपति हामीले साना नानी/बाबुहरुका लागि २ लाख ४५ हजारको लागतमा खेलकुद सामाग्रहरु सहयोग गरिएको कमल रिमालले धादिङपोष्टलाई बताए ।
व्यवससायबाट आएको नाफामा केहि प्रतिशत छुट्याएर सामाजिक काममा लगाउने गर्दै आएका कमल र सम्झना दम्पतीले यो पटक विद्यालयका लागि अत्यावश्यक रहेको खेलकुद समाग्री सहयोग गरेकोमा प्रधानाध्यापक अर्जुन नगरकोटीले धन्यावाद ज्ञापन गरेका छन् ।