न्यूयोर्कमा नेपाल डे परेड सम्पन्न

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ७, २०८१

धादिङ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना र धादिङ नेपाली समाज अमेरिका पनि सह आयोजनामा अमेरिकाको न्यूयोर्क सहरमा नेपाल डे परेड सम्पन्न भएको छ । नेपाली पोसाक, झण्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी न्यूयोर्कको व्यस्त शहर म्यानहाटनमा नेपालीहरुले नेपाल डे परेड २०२४ सम्पन्न गरेका हुन् ।

पञ्चे बाजा, भजन, देउडा, सोरठी, मैथिली, शेर्पा र तामाङ सेलो नाँच सहित उपस्थित भएका दुई हजार भन्दा बढि नेपाली एवं नेपाली मूलका अमेरिकीहरु नेपाल परेड २०८१ मा सहभागि थिए । नेपाली पोसाक, झण्डा र ब्यानरसहित नाचगान र बाजा बजाउँदै शहर परिक्रमा गरी आयोजना गरिएको सभामा नेपाली महावाणिज्य दूतावास न्यूयोर्ककी वाणिज्य दूत विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा न्यूयोर्क शहरका मेयर एरिक एडम्स, अमेरिकी सिनेटका मेजोरिटी लिडर चक सुमर, न्यूयोर्क राज्यका सांसद स्टेभन रागा लगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको धादिङ नेपाली समाज अमेरिकाका विर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीले बताए ।