धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङले नेपाली भाषा शिक्षण प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ ।
दुई दिन सम्म चलेको उक्त कार्यशालामा पहिलो दिन कक्षा १ देखि ३ कक्षा सम्मका नेपाली विषयका शिक्षकहरु र दोस्रो दिन कक्षा ४ देखि ७ सम्मका शिक्षकहरुलाई तालिम प्रदान गरिएको प्याब्सन धादिङले जनाएको छ ।