यू–१९ भलिबल: धादिङका इज्जत सहभागी नेपाली टिम दोस्रो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०८१

काठमाडौं । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाल दोस्रो भएको छ । नेपालको टिममा धादिङका इज्जत दनै पनि सहभागी थिए । माल्दिभ्स र बंगलादेश निलोलाई हराउँदै फाइनल खेलेको नेपालले बंगलादेशको रातो टोलीसँग पराजित हुँदा उप विजेतामा रोकिएको थियो ।

बंगलादेशको ढाकामा सम्पन्न उक्त प्रतियोगितामा नेपालबाट धादिङका ईज्जत दनै सहित सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, सशी पुलामी मगर र भुवन तामाङ सहभागी थिए भने नेपाली टोलीको ब्यवस्थापकमा दीपक थापा, प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका थिए ।  खेलाडीहरूलाई सरकारी निकायबाट आर्थिक व्यवस्थापन नभएको बताईएको छ ।