धुँवाकोट पुगे मुख्यमन्त्री जम्कट्टेल सहिद परिवार भेट्न

Avatar photo
Dhadingpost
आइतवार, पुस १५, २०८०

धादिङ । धादिङको नीलकण्ठ १४ धुँवाकोटमा मात्र जनयुद्धको क्रममा हरिकुमार श्रेष्ठ, धनेन्द्रसिह तमाङ, चन्द्र बहादुर तामाङ, हस्तबहादुर तामाङ, कौशिल्या तामाङ, फुलमायाँ तामाङ, पदम तामाङ र रेजिना श्रेष्ठ गरी ८ जनाले जनयुद्धको क्रममा ज्यान गुमाएका थिए । ति सहिदका परिवारलाई भेट्न मुख्यमन्त्री धुँवाकोट पात्ले पुगेका छन् ।

आज आईतबार दिउँसो नीलकण्ठ १ को खाल्टे धुसेनीमा नव निर्मित वडा कार्यालय भवन उद्घाटन गर्न जानेक्रममा मुख्यमन्त्री जम्कट्टेल विहानै सहिद परिवार भेट्न नीलकण्ठ १४ धुँवाकोट पात्ले पुगेका हुन् ।

सहिद परिवाले मुख्यमन्त्रीलाई स्वागत गर्दै सहिदको सपनामा विचलित नहुन आग्रह गरेका थिए । यस्तै मुख्य मन्त्री जम्कट्टेलले पार्टी अब जनयुद्ध कै शैलीमा अगाडी बढ्ने पार्टी नेता कार्यकर्ताहरु कार्यशैली जनमैत्री हुनेमा शंका नगर्न सहिद परिवार सँग आग्रह गरेका छन् । तस्वीर सौजन्यः श्रीकृष्ण रिजाल