एड्भान्स एकेडेमी बागमती प्रदेशबाट राष्ट्रिय प्रतियोगिताको लागि छनोट

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल (PABSON) आयोजना गर्ने राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि आज भएको बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा धादिङबेसी स्थित एड्भान्स एकेडेमी द्वितिय हुँदै राष्ट्रिय प्रतियोगिताको लागि छनोट भएको छ ।

धादिङ जिल्ला छनोट प्रतियोगिता पार गर्दै धादिङबाट तीन विद्यालय (गल्छीको सक्सेज र धादिङबेसीको एड्भान्स र गुड स्टार ) बागमती प्रदेश स्तरीय छनोट प्रतियोगितामा भाग लिएका थिए । आज सम्पन्न बागमती प्रदेशको छनोट प्रतियोगिताबाट प्रथम इलेन बोर्डिङ काठमाडौ र द्वितिय एड्भान्स एकेडेमी राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेशबाट छनोट भएका हुन् ।

प्रत्येक प्रदेशबाट छनोट भएर आएका २–२ टिम सहभागी हुने अन्तर प्रदेश स्तरीय राष्ट्रिय प्रतियोगिता फागुन महिनामा काठमाडौंमा हुनेछ ।

गत वर्ष जिल्ला छनोट भई बागमती प्रदेश स्तरीय प्रतियोगितामा भाग लिएको  एड्भान्स एकेडेमीले प्रदेश विजेता बन्दै अन्तर प्रदेश स्तरीय राष्ट्रिय पतियोगितामा भाग लिएको थियो । उक्त प्रतियागितामा प्रदेश १ को मोरङ स्थित सिध्दार्थ मावि प्रथम हुँदा धादिङको एड्भान्स द्वितिय भएर फर्किएको थियो

बागमती प्रदेश छनोटका लागि प्रस्तु भएको एड्भान्सको लोक नृत्य