राष्ट्रिय लोकनृत्यमा धादिङको एड्भान्स एकेडेमी दोस्रो

Avatar photo
Lawong Bijay
शनिबार, भदौ २५, २०७९

धादिङ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सनले आयोजना गरेको प्रथम प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोकनृत्य प्रतियोगिता धादिङको एड्भान्स एकेडेमी द्वितिय बनेकाे छ ।

आज पोखरामा सम्पन्न उक्त प्रतियोगितामा बागमती प्रदेश विजेता हुँदै धादिङको एड्भान्स एकेडेमीले अन्तर प्रदेश स्तरीय राष्ट्रिय लोकनृत्यमा प्रतिस्पर्धा गरेकाे थियाे । उक्त प्रतियाेगितामा प्रथम, प्रदेश १ मोरङको सिध्दार्थ माविले १ लाख, द्वितीय बागमती प्रदेश धादिङको एड्भान्स एकेडेमीले ७५ हजार, तृतीय गण्डकी प्रदेश कास्कीको कुम्दिनी होम बोर्डिङ स्कुलले ५० हजार नगद पुरस्कार जिते ।

यस्तै प्रतियाेगितामा धनुषाको चिल्ड्रेन गार्डेन स्कुल, कैलालीको वेस्टर्न इङ्लिस बोर्डिङ स्कुल, इन्टरनेशनल कोअपरेटिभ बोर्डिङ स्कुल लगायत सहभागी सबै सान्त्वना भए उनीहरुलाई २५-२५ हजार नगद प्यब्सनले प्रदान गरेकाे थियाे ।

यी हुन् बागमती प्रदेश विजेता बन्दै राष्ट्रिय प्रतियाेगितामा दाेस्रो हुने एड्भान्स एकेडेमीका विद्यार्थीहरू:
अमुल गुरुङ
क्षितिज तामाङ
समीर तामाङ
देव सिं तामाङ
संगम लम्साल
नैरिता राना मगर
जेनिसा तामाङ
कामना गुरुङ
स्वेता तामाङ
रिया श्रेष्ठ
जेनिशा श्रेष्ठ
जेनिशा ढकाल
विकल्प गुरुङ
मञ्जिला श्रेष्ठ
अन्शु ठकुरी

राष्ट्रिय प्रतियोगिताको यात्रा तय गर्न एड्भान्सले साउन २९ गते जिल्ला स्तरीय छनोट प्रतियोगितामा प्रथम हुँदै बागमती प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट भएको थियो ।

प्याब्सन बागमती प्रदेशले प्रदेश भित्रबाट छानिएर आएका टिमहरुबीच भाद्र १८ गते प्रदेश स्तरीय छनोट प्रतियोगित गरेको थियो उक्त प्रतियोगितामा पनि धादिङको एड्भान्स प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको थियो ।