धादिङका तीन विद्यालयले आज बागमती प्रदेश स्तरीय राष्ट्रिय लोक नृत्य प्रतियोगितामा भाग लिदै

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । निजि तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल (PABSON) आयोजना गर्ने राष्ट्रिय लोक नृत्य प्रतियोगिताका लागि जिल्ला छनोट भएका धादिङका सक्सेज, एड्भान्स र गुड स्टारले आज बागमती प्रदेश स्तरीय प्रतियोगितामा आज भाग लिदै छन् ।

आज हुने उक्त प्रतियोगितामा बागमती प्रदेश अन्तरगतका प्रत्यक जिल्लाबाट छनोट भई आएका ३-३ टिमले भाग लिने छन् । विजयी विद्यालय टिमले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै छन् । पुस ३ गते सम्पन्न धादिङ जिल्ला स्तरीय छनोट प्रतियोगिताबाट जिल्लाका सक्सेज, एड्भान्स र गुड स्टार क्रमस प्रथम द्वितिय र तृतिय हुँदै प्रदेशका लागि छनोट भएका थिए ।

गत वर्ष जिल्ला छनोट भई बागमती प्रदेश स्तरीय प्रतियोगितामा भाग लिएको एड्भान्स एकेडेमीले प्रदेश विजेता बन्दै अन्तर प्रदेश स्तरीय राष्ट्रिय पतियोगितामा भाग लिएको थियो । उक्त प्रतियागितामा प्रदेश १ को मोरङ स्थित सिध्दार्थ मावि प्रथम हुँदा धादिङको एड्भान्स द्वितिय भएर फर्किएको थियो