देशको शैक्षिक अवस्थाले त्यो देशको भविष्यको सफलतालाई प्रतिविम्बित गर्ने गर्दछ । वर्तमान नेपालको शैक्षिक अवस्थालाई नियाल्ने हो भने अत्यान्तै नाजुक अवस्थामा छटपटाइरहेको पाइन्छ । स्पष्ट शिक्षा नीतिको अभावले शैक्षिक अवस्था दिनानुदिन चिन्ताको विषय बन्दै गएको छ । अहिले मुलुकमा शैक्षिक संस्थाहरु बेरोजगारी युवा उत्पादन गर्ने कारखाना जस्तो बनेका छन् । विद्यालयको नतिजा कमजोर आउनुमा शिक्षकलाई मात्रै औला तेर्साएर तर्साउने कार्य गरिन्छ तर यसको लागि शिक्षक, विद्यार्थी, अभिभावक, वि.व्य.स, पाठ्यक्रम र स्वंय सरकार समेत जवाफदेही बन्नुपर्ने देखिन्छ ।
भौगोलिक विकटताको कारण सबै ठाउँहरुमा उत्तिकै सामग्रीहरुको पहुँच नहुन पनि सक्छ जसको कारण सबै ठाउँको शैक्षिक गुणस्तर एकै किसिमको नहुन पनि सक्छ । सबै ठाउँहरुमा उत्तिकै स्रोत र साधन उपलब्ध नहुन पनि सक्छ तर सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर लाई अझै सुधार गर्ने हो भने कम्तीमा पनि निम्नलिखित उपायहरु अवलम्बन गर्ने हो भने पक्कै पनि शिक्षा क्षेत्रमा केही सुधार आउने छ । त्यसका लागि सबै पक्षहरुले आ-आफ्नो ठाउँबाट जिम्मेवारका साथ लाग्ने हो भने यी उपायहरु त्यति धेरै खर्चिलो पनि छैनन् जस्तो लाग्छ ।
विद्यालय सुधारका लागि यसो गरे कसो होला ?
१. कक्षाको सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी कक्षा शिक्षक लाई दिने ।
२. प्रत्येक कक्षामा दुई / दुईजना छात्र र छात्रा सहित कक्षा शिक्षकको कक्षा व्यवस्थापन समुह बनाउने ।
३. हरेक शुक्रवार प्रत्येक कक्षाको अतिरिक्त कृयाकलापका लागि शिक्षकहरु तोक्ने र अतिरिक्त कृयाकलापमा उत्कृष्ठ हुने बिद्यार्थीलाई पुरस्कार दिने ।
४. सबै कक्षा र सबै विषयमा कापि र किताबको जतन , व्यक्तिगत सरसफाई , विद्यालयमा नियमितता आदिको नियमित चेक जाँच गरी रेकर्ड राख्ने र त्यसैको आधारमा मुल्यांकन समेत गर्ने ।
५. कक्षा कोठामा विषयगत सामाग्रीहरु राख्नको लागि बुक कर्नरको व्यवस्था गर्ने ।
६. बिद्यालयको भित्ता तथा हाता वरपर जथाभावी लेखिएका कुराहरु मेटाउने र लेख्नेको पहिचान गरी दण्ड दिने ।
७. विद्यार्थी हाजिरी कुनै पनि समयमा गर्ने र कम्तिमा दुइ चोटि चेक गरी प्रत्येक् कक्षाको उपस्थिति सख्या बोर्डमा लेख्ने ।
८. कक्षा छोडी भाग्ने र अनुपस्थित हुने बाट शुल्क उठाई त्यहि कक्षाको लागि चाहिने सामाग्री खरीद गर्ने ।
९. विद्यार्थी संख्या धेरै भएको बिद्यालयहरुला कुनै एउटा सेक्सनको एक घन्टी अगाडी गरिएमा खाजा खान, पानी पिउन र ट्वाइलेट जान सहज हुने कारण फरक फरक समयमा टिफिन गर्न फरक समयमा घन्टी शुरु गर्ने ।
१०. कक्षा ९ र १० लाई कुनै पनि किसिमको बिदा नदिइकन अतिरिक्त शुल्क लिएर राम्रो खाजाको व्यवस्था स्कुलले नै गरी बिहान ८ बजे देखी बेलुका ५ बजे सम्म बिध्यालय भित्रै रहने व्यवस्था गर्ने ।
११. क्यान्टिनमा बिद्यार्थीलाई उपर्युक्त हुने खाना नास्ताको नियमित हुने व्यवस्था मिलाउने।
१२. कक्षा शिक्षकले बिद्यार्थीको अभिभावक संग नियमित सम्पर्क गरि बिद्यार्थीको समग्र पक्षको जानकारी गराउने व्यवस्था मिलाउने।
१३. सबै शिक्षकहरुलाई विद्यालयको गतिविधिको जानकरी दिनुको साथै समान तरीकाले सहभागी र जिम्मेवार हुने किसिमले कामको जिम्मेवारीहरु दिने व्यवस्था मिलाउने ।
१४. प्रत्येक दिन एकजना अभिभावक विद्यालयमा आउने र आफ्नो बच्चाको गतिविधि बारेमा कक्षा शिक्षक संग छलफल गर्नु पर्ने नियम बसाल्ने।
१५. अनुपस्थित शिक्षकको खालि हुने घन्टी पहिलो घन्टी लाग्नु अगाडि नै खट्नु पर्ने शिक्षकलाई जानकरी गराउन स्टाफ रुममा बोर्डमा लेखिनु पर्ने ।
१६. शिक्षकहरुलाई कामको आधारमा पुरस्कृत र जिम्मेवारीमा हेरफेर गरिरहनु पर्ने।
१७. शिक्षकहरुलाई काम र जिम्मेवारी अनुसारको भत्ताको व्यवस्था गरिनु पर्ने।
१८. बिद्यालयले गर्ने आम्दानी र खर्चको जानकारी सम्पूर्ण शिक्षकहरुको साथसाथै अभिभावकहरुलाई पनि गराउनु पर्ने ।
१९. सबै कक्षा र सबै बिषयमा कक्षा कार्य र गृहकार्यको मुल्यांकन बापतको अंक को आधर आन्तरिक मुल्यांकन गरिने व्यवस्था गरिनुपर्ने।
२०. मिति तोकेर परीक्षा लिने चलन बन्द गरिनु पर्ने।
२१. सबै शिक्षकलाई शिक्षक निर्देशिका र बिद्यार्थिको रेकर्ड रख्न मिल्ने खालको डायरी उपलब्ध गराइनु पर्ने।
२२. तल्लो कक्षामा अनिवार्य ग्रेड टिचिङ्ग् लागु गरी ग्रेड टिचरलाई उपर्युक्त भत्ता दिइनु पर्ने ।
२३. ग्रेड टिचरलाई आफ्नो अनुकुल किसिमले कक्षा सन्चालन गर्न छुट दिइनुपर्ने ।
२४. रुटिङ्को बाडफाड तथा कामको जिम्मेवारी समानरुपले हुनु पर्ने ।
२५. शिक्षकलाई अध्यनशील बनाउन र खाली पिरियडमा स्टाफ रुममा अनावस्यक गफ गर्ने वातवरण कम गर्न इन्रटनेटको व्यवस्था हुनु पर्ने । केहि निश्चित ठाउहरुमा सिसिक्यामाराले अनुगमन गर्ने व्यवस्था गरीनु पर्ने ।
२६. बिद्यार्थीको ड्रेस हेर्नुअघि शिक्षकको पनि ड्रेस हेरिनु पर्ने।
२७. बिद्यालय कम्पाउन्ड भित्र कुनै पनि बाहानामा कसैलाई पनि चुरोट , खैनी, पराग, पान र रक्सी खाने र ख्वाउने चलन पुर्णत बन्द गर्नु पर्ने ।
२८. बिद्यार्थीहरुलाई बिभिन्न विधामा पुरस्कारको व्यवस्था गरी नियमित पुरस्कृत गर्ने परिपाटी चलाउनु पर्ने।
२९. विद्यार्थीबाट जानिजानि पुर्याइने क्षतिको क्षतिपूर्ति उसैबाट गराइनु पर्ने।
३०. बिषय गनेर कक्षा उतिर्ण गराउने चलन पुर्ण त बन्द गरी निरन्तर मुल्यांकनको आधारबाट माथिल्लो कक्षामा लान सकिने नियम लागु गरिनु पर्ने ।
३१. बिद्यार्थीको रिपोर्ट लिन अभिभावक अनिवार्य रुपमा बिद्यालय आउनु पर्ने नियम लगाउने।
३२. घन्टी तानेर पढाउने चलन बन्द गर्नु पर्ने, खाली घन्टीमा बिद्यार्थीलाई खेल्न, पुस्तकालय जान दिनु वा कुनै शिक्षक पठाइ कक्षा कार्य गर्न लगाउने गर्नु पर्छ ।
लेखक
दिपेश बसौला
मंगलादेवी मा.वि नेत्रावती डबजोङमा विज्ञान विषयको शिक्षक ।