धादिङमा पारिवारिक निजी वन संघ गठन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २३, २०८१

धादिङ । डिभिजन वन कार्यलय धादिङको हलमा शनिबार सम्पन्न अधिवेशनले सुधिरकुमार बराकोटी अध्यक्ष रहेको ९ सदस्यीय पारिवारिक निजी वन संघ नेपाल, धादिङ शाखा गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भूमिरमण नेपाल, सचिवमा सिता दुवाडी (लम्साल), कोषाध्यक्षमा शान्ता थापा, सदस्यहरुमा रञ्जित सिलवाल, हेमप्रसाद रिजाल, पुष्पा कडेल, कल्पना थापा, उमेश लामिछने चयन भएका छन् । यस्तै महादिवेशन प्रतिनिधिमा अध्यक्ष बराकोटी, सचिव सिता दुवाडी र सदस्य रञ्जित सिलवाल चयन भएका छन् । धादिङमा हाल सम्म डिभिजन वन कार्यालयमा २७ वटा निजी वन दर्ता भएका छन् ।

वि.सं. २०७१ फागुन २४ गते काठमाडौंमा सम्पन्न पारिवारिक अर्थात् निजी वन किसानहरूको राष्ट्रिय सम्मेलनले पारिवारिक निजि वन संघको स्थापना गर्दै अध्यक्षमा जोगराज गिरीलाई सर्वसम्वत निर्वाचित गरेको थियो हालस सम्म पनि उनी नै अध्यक्ष छन् । हाल यस संघको जिल्ला शाखाहरु विस्तार जारी छ ।

पारिवारिक निजी वन संघ, नेपाल (एफोन) कस्तो संस्था हो ?
पारिवारिक निजी वन संघ, नेपाल (एफोन) निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिने र निजि वन उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यक्तिहरुलाई जानकारी गराउने उद्देश्यका साथ गठन गरिएको एउटा संगठन हो । विश्व बैंकको परिभाषा अनुसार कुल भुभागको तिन भागमा जंगल रहेको छ भने त्यसलाई पारिवारीक निजी वन भनिन्छ । पारिवारीक निजि वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपुर्ति गर्न कसरी निजि वनको प्रयोग गर्न सकिन्छ र आर्थिक आम्दानि लिन सकिन्छ भनेर आम किसानलाई जानकारी गराउने र कानुनि रुपमा सहयोग पुर्याउने उद्देश्यले खोलिएको संस्था हो ।