हेटौंडा । बागमती प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदाको घोषणा गरेको छ । नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपामा लागु हुने दिनको अवसरमा उक्त विदा दिईएको जनाईएको छ ।