सिरानबजारको भासिएको सडक उस्तै, मुख्यमन्त्रीले तत्काल काम हुन्छ भनेको ९ महिना बित्यो

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २३, २०८१

धादिङ । धादिङबेसी सिरानबजार स्थीत धादिङ उद्योग वाणिज्य संघको भवन अगाडी मुल सडक मुल सडक नै विगत ६ वर्षदेखि जोखिमपूर्ण अवस्थामा । स्थानीयले उक्त सडक मर्मतको लागि भन्नु पर्ने सबै ठाउँमा भनि सके स्थानीय देखि राष्ट्रिय मिडियामा समेत उक्त जोखिमका बारे समाचार बनिसके तर भासिएको ठाउँ आज पनि उस्तै छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत भाद्र ३ गते स्थलगत निरिक्षण गर्दै उक्त भासिएको सडक विपद् कोषको बजेटबाट तत्काल मर्मत गरिदिने प्रतिवद्धता गरेर फर्किए । तर उनको प्रतिवद्धता तत्काल भनिएता पनि आज सम्म उक्त ठाउँ जस्ताको तस्तै छ ।

मुख्यमन्त्रिको निरिक्षण अगाडी स्थानीय जनसमुदाय, विभिन्न संघ संस्था, टोल विकास संस्था लगाएत सबै टोलवासीहरुले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरे, जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकालाई गत जेष्ठ ९ गते ध्यानाकर्षण पत्र बुझाएका थिए तर आज पनि उक्त ठाउँ आज पनि उस्तै छ ।

जोखिमपूर्ण अवस्थामा रहेको सडकलाई मर्मत तथा पुननिर्माण गर्न सम्बन्धीत निकायहरुलाई पटक पटक प्रताव पेश गर्दा पनि वेवास्ता गरेको स्थानीयको गुनासो अहिले पनि जस्ताको तस्तै छ । मुख्य सडकको यो जोखिमले नीलकण्ठमा मेयर भिमप्रसाद ढुङ्गाना, उप मेयर दिपक विश्वकर्मा, यस क्षेत्रका संघीय सांसद रामनाथ अधिकारी र प्रदेश सांसद गोविन्द लम्साललाई पनि गिज्याई रहेको छ ।