संस्मरणः त्यो चोरमारा लडाई

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २६, २०८०

आज भन्दा १८ बर्ष अगाडी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा संचालन भएको ऐतिहासिक जनयुद्धमा भुमिगत भएपछिको हो । बासु स्मृति ब्रिगेड रुकुमको खारा लडाईबाट फर्किएर पाल्पा आईपुगेको थियो । पार्टीले महेन्द्र राजमार्ग अन्तरगत नवलपरासी को चोरमारा जंगलमा फौजी आक्रमणको योजना बनाएको रहेछ ।

बिभिन्न तहगत कमिटीहरुको बैठक बसेपछि ब्याटल फर्मेसन निमार्ण र आवश्यक छलफल र योजनाको ब्रिफिङ भुगोलको नक्शा अध्यायन फौजी योजना, नक्शा अधययन र सबै टिमको भूमिकाको बारेमा कमिसार तथा पार्टी केन्द्रिय सदस्य रश्मी र कमाण्डर कमरेड यामबहादुर अधिकारी (प्रतिक्षा) राख्नु भयो ।

२०६२ साल साउन २५ गते बिहानको खानपिन सकेपछि माईन ग्रुप, ब्लकिङ ग्रुप आ–आफनो आर्कमा जानको लागी अघी बढयो । दिउँसो एक बजे पाल्पाको मित्याल ३ मुडाबासबाट हाम्रो यात्रा शुरु भयो । पानी नपरेको कारण गर्मी अत्यधिक बढेको थियो । अरुणखोलाको किनारै किनार हिड्दै जाने क्रममा पानी खान नपाएर कती साथीहरु बाटोमा बिरामी पर्नु भयो । यात्राकै क्रममा बेलुकी सात बजे स्थानिय पार्टी संगठनका साथीहरुले पकाएको खाना खाई आबश्यक ड्राईफुड (चिउरा, दालमोठ, बिस्कुट, चाउचाउ) झोलामा हालेर हामी अगाडी लाग्यौ ।

हामीलाई पहिले नै जानकारी गराईएको थियो कि हाम्रो कार्वाही स्थल राजमार्गमा हो । अन्दाजी रातीको ११ बजे तिर हामी कार्वाही स्थानमा आईपुग्यौ । राजमार्ग सुनसान थियो । गाडी गुडेका थिएनन । जंगल , झाडी अनि राजमार्ग सबैतिर जनमुक्ति सेनाले परेड खेलेझै हामी पुग्दा राजमार्ग रोडमा पिच खनेर माइन राख्नको लागी धमाधम काम हुदै थियो ।

सधैं पहाडी इलाकामा मात्र रहने हामी जनमुक्ति सेनाहरु राजमार्गमा मार्चपास गर्न पाउदा खुशीको सिमा छैन । इन्जिनियरिङ सेक्सन र सर्पोट सेक्सनले माइन राख्ने काममा सहयोग गर्ने र अरु सबै टिम आराम गर्ने भन्ने योजना बन्यो । सबै टिमलाई आ-आफ्नो आर्क क्लियर गराउदै गर्मी महिना जंगलको बसाई सर्प, बिच्छि, लामखुट्टे संग कसरी जोगिने भन्ने बारेमा छलफल गरी लामो बाटो हिडेर आएकोले सबैलाई भोक लागेको थियो झोलामा बोकेको दालमोठ र चिउरा खाएर प्लाष्टिक ओछयाएर रुखको फेदमा अडेस लाएर रात बितायौ ।

बिहान ४ः०० बजे उठेर हेर्दा राजमार्ग, जंगलपुरै सुनसान थियो । माइन राख्ने टोली पनि राती नै माइन राखेर क्यामोफलाइज भइसकेको रहेछ । मनोज बि.क. (प्रबल) र कृष्ण पन्त (सेबक) लाई उठाएर आफनो आर्क निरिक्षण ग¥यौ । यल.यम.जी.कहाँ सेटिङ गर्ने, डिस चार्ज कहाँ बाट प्रहार गर्ने, एसल्ट, आर्टीलरी, सर्पोट, सप्लाएर तथा मेडिकल टिमलाई कसरी कहाँ प्रभावकारी रुपमा सेटिङ गर्ने भन्ने बारेमा योजना बनायौ ।

रोडको छेउमा सुत्नु भएका साथीहरुलाई उठाएर रोड भन्दा अली माथी जंगल भित्र लग्यौ । उज्यालो भएपछी रोडबाट हामी सुतेको सबै देखिने थियो । बिहान सात बजे ईन्टेलिजेन्स बिभागका साथीहरुले हेण्डसेटबाट खबर गर्नु भयो भरतपुर चितवनबाट निस्केका शाही सेनाहरु ब्लकिङ टिमका साथीहरुले राखेको राजमार्गको अबरोध पन्छाउदै आउँदै छन् । दुई वटा गाडीमा । कमाण्डबाट आएको खबर सबै तिर जानकारी गराएर कतीखर हाम्रो आर्कमा आइपुग्ला भन्दै टिमलाई भौगोलिक अवस्था र आवश्यकता अनुसार सेटिङ गरी शाही सेनाआएमा माइन विष्फोट गर्ने र हतियारबाट फायर गर्ने तयारीमा बस्यौ । माइनको स्वीच लिएर गोर्खा घर भएका कमाण्डर बिश्बास ढकाल हामी संगै बस्नु भएको थियो । म पनी टि.टि.यस.लिएर बिश्वास संगै बसे ।

१०ः०० बजे पुन खबर आयो । शाही सेनाहरुहरु ब्यारेक तिरनै फर्कियो । दिउसो अत्यधिक गर्मीले छटपटी बनायो । गाई बस्तु चराउन आउने मान्छेहरु सँग सचेत हुँदा हुँदै पनि उनीहरुले देखिहाले । हामी जंगलमा बसेको कुरा बाहिर हल्ला नगर्नु होला भनेर कुराकानी गरेर कन्भीन्स गरेर छाडिदियौ । दिउँसो एक बजे तिर झोलामा रहेको चिउरा दालमोठ आ–आफनो इच्छानुसार भोक लागेको बेलामा खादै दिनभर जंगलमा नै बितायौ । झाडीमा बसेको कारण २-३ जना साथीहरुका झोलामा सर्प गुडुल्किएर बसेको भेटियो ।

परिवर्तन स्मृर्ती नवौ ब्रिगेडको आर्कमा राखेको माइन एक्सपोज भयो भन्ने खबर आयो । कालोपत्रे रोडमा खनेर माइन राखेर माथीबाट पुन अलकत्राले लै टालेको थियो कतै पनि नभत्किएको खाल्टा खुल्टी नपरेका रोडमा हामीले माइन राख्दाजती ठाउँ खनेको हो त्यती ठाउँ र माइनबाट जोडेर ल्याएको तार पुरेको ठाउँमा ठाढाबाट हेर्दा टालेको जस्तो देखिदो रहेछ । बाटोमा हिडने मान्छेहरु माइन राखेको ठाउँमा औलाले देखाउदै यहाँ माओबादीले बम राखेका छन भनी एक आपसमा कुरागदै यताउती हेदै दौडिदा रहेछन ।

बेलुका ८ः०० बजेबाट पानी पर्न थाल्यौ । जंगल भित्र प्लाष्टिक ओडेर बस्यौ । रातको १२ः०० बजे एक्सपोज भएको माइन सकेसम्म क्यामोफलाइज गर्ने भन्ने भए पछी यल.यम.जि. सहित रोडको दायाँ बायाँ ब्लकिङ गरी अलकत्रा हालेर सामान्य रुपमा हेर्दा नदेखिने गरि मिलाउने काम भयो । रातको २ः०० बजे ब्याबस्थापनका साथीहरुले प्लाष्टिकको थैलामा काचो दाल र भात पोको पारेर चार घण्टा माथी टाढाबाट ल्याउनु भयो । प्लाष्टिक ओडी भात खायौ । आठ बजे बाट पर्न थालेको पानी रोकिएको थिएन । यताउता हिढदा हिडदै निथ्रुक भिजेकोले लगाएको कपडा फुकालेर निचोरेर लगाई सबै आर्कमा डिउटी मिलाएर सालको फेदमा अडेसा लगाएर प्लाष्टिक ओडेर रात काटियो ।

बिहान विउँझिदा ५ः०० बजेको थियो । सबै साथीहरु आ आm्नै आर्कमा गई सक्नु भएको रहेछ । म पनि आफ्नो आर्कमा गए । आर्कमा पुगेको केही समय पछी संचारसेटबाट खबर आयो ब्यारेकबाट सेनाहरु निस्किसकेको छ । हतार हतार झोला कसकास पारेर एलर्ट भयौ । साथमा रहेको टि.टि.यस. लाई तयारी हालतमा राखे । पुनः अर्को खबर आयो हामी बसेको जंगल नजिकै आइपुगेर गाडीबाट नआई पैदल आउँदै छ । त्यसपछी हतार हतार पहिलेको योजनामा केही फेरबदल गर्ने र टिमलाई नया“ ढंगले सेटिङ गर्ने खबर कार्यलयबाट आए मुताबिक पहिले हाइवे रोडलाई केन्द्रबिन्दुमा राखेर बनाइएको योजनालाई केही हेरफेर गरियो । तत्कालै निमार्ण गरिएको योजना अनुसार अगाडी बढदै थियौ । सरकारी सेनाले हाम्रो कभर खुलाउनको लागी फायर ग¥यौ ड्याङ्…ड्याङ..पटटट….। हामीहरु सचेत हुँदै कभर टु कभर अगाडी जाँदै थियौं ।

रसुवा लहरेपौवा घर भएकी क. अस्मिताले शाही सेना नजिकै आईरहेको देख्नु भएर साथमा रहेको यस.यल.आर. बाट फायर खोल्नु भयो । नजिकै आइपुगेको शाही सेनाहरु केही ब्याक हटी कभर मिलाउँदै गर्दा हामी पुग्यौ । केही समय दोहोरो गोली हानाहान भयो । हाम्रो तर्फबाट प्रभावकारी हमला भएपछी तिनीहरु पछी हट्दै थियो । चारकोसे झाडीमा हामी उस्को पिछा गदै प्यारालालमा अगाडी बढिरह्यौ । हाम्रो तर्फबाट यस.यल.आर., यल. यम. जी. थ्रि नट थ्रि राइफल, ईन्सान्स, यम–१६ लगायतका हतियारहरुबाट प्रभाबकारी हमला हुँदै थियो । हामी जंगलबाट रोडमा झरेर अगाडी हेर्दा शाही सेनाहरु दुईसय मिटर जती टाढा दौडदै गरेको देखियो । गोर्खा घर भएका बटालियन सह–कमाण्डर बलराम रेग्मी (निमार्ण), सिन्धुपाल्चोक सन्धिुकोटका गोबिन्द बि.क. लमजुङ नाल्माका तुलसी गुरुङ (क.पासाङ) लगायतका साथीहरु सहित हामी अगाडी बढदै थियौ ।

रोड भन्दा माथी कुलोमा लुकेर बसेको शाही सेनाले हामी माथी एक्कासी आक्रमण गर्दा निमार्ण, गोबिन्द, पासाङ, कमरेडहरुको एकै छिनमा सहादत भयो । लुकेर बसेको सेनालाई पनि साथीहरुले छिनभरमै बिदा गर्दिनु भयो । कमाण्डरको सहादत पछी हामी केहि समय के गर्ने के नगर्ने अन्यौलमा रहयौ । साथीहरुको शव बोकेर आउँदै गर्दा रोडमा रोल्पाको निपना, बिबेक अनि रसुवाको बैनी अस्मिता ढलेको देखे । नुवाकोटका अबिशेक र म घाइते साथीहरुको अबस्था बुझन लाग्यौ । अस्मिताको सहादत भैसकेको रहेछ । उहाँलाई टाउको, छाती र तिघ्रामा गोली लागेको थियो । लडाई साँच्चै कति अनिश्चयको क्षेत्र रहेछ । भर्खर सँग भएको साथी कोही सहादत भएका छन् कोही घाईते हुँदै छटपटाई रहेका छन् । साथीहरुको सहादतले भावनामा प्रभाव पारिरहेको छ । मुटु नै छिया छिया भए जस्तो भयो । जहा टेक्छु भासिए जस्तो लाग्छ । पृथ्बीनै फनफनी घुमे झै रिगाटा र वाक वाकी लाग्न थाल्यो ।

धादिङका रामबहादुर थापा पहाड, नुवाकोटका परशुराम भट्ट जमिन, दाङ घर भई अहिले चितवन बस्ने सुन्दरलाल थारु अरुण लगायत मिलेर सहादत हुनु भएका साथीहरुको शव रोड भन्दा केहि माथी ल्याईयो । पिठ्युमा बोकेको झोला भित्रबाट डायरी, हतियारको म्याग्जिन, निकालीे उहाँहरुको शवमा हँसिया हथौडा अंकित रातो झण्डा ओडाई अन्तिम श्रद्धान्जली अर्पण गरी युद्धभित्रको नियम अनुसार दाहसंस्कार गरी घाइते साथीहरुलाई बोकेर मेडिकल पठायौ भारी मन लिएर हामी उकालो लाग्यौ । यस लडाईमा शाही नेपाली सेनाका ६ जना सिपाहीहरुको पनि मृत्यृ भयो भने ४ थान यस.यलआर. २ थान यम–१६, ३ थान इन्सान्स राइफल लगायत हजारौ मात्रामा गोलीहरु कब्जा भएको थियो ।

घाइते निपना कमरेडलाई बोकेर उकालो हिड्दै थियौ । रोड भन्दा ५०० सय मिटर जती माथी पुग्दा उहाँले पनि यस संसारबाट सदाको निम्ति बिदा लिनु भयो । घाइते कमरेड बिबेकलाई बोक्न झोलामा भएको पछ्यौरा र जंगलमा लौराकाटेर स्टेचर बनाई पिडाका साथ उकालीयौ । शाही सेनाहले हेलिकप्टरबाट पनि अन्धाधुन्दा फायर गरिरहेको थियो । तर उसको फायरले हामीलाई कुनै प्रभाव पार्न सकेन ।

तीन घण्टा जती उकालो चढेपछी आकासबाट परेर जमेको पानी भेटियो । जहाँ पातपतिगरले ढाकेको थियो भने भ्यागुता, चेपागाडाले पौडी खेलिरहेका थिए । त्यही धमिलो पानीमा सातु, चिउरा खायौ । हामीले बोकेर लगेका बिरामी साथीहरुलाई  मेडिकलका साथीहरुले बाटोमा नै स्लाइन पानी चढाउँदै घाउ ड्रेसिङ गर्नु भयो । घाइते साथीलाई बोकेर गाउँमा पुग्दा ब्याबस्थापन टिमका साथीहरुले खाना तयार गर्नु भएको रहेछ । प्लाष्टिकको थैलामा दाल भात खाई केही समय आराम गरी एउटा प्लाटुनले एक जना बिरामी बोकेर लैजाने कुरा कार्यलयबाट निर्देशन आए पछी घाईते साथीहरुलाई स्टेचरमा बोकी पुन: उकालियौ ।