नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा जारी ब्याडमिण्टन सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०८१

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्ने कार्यक्रम अन्तरगत आज भएको ब्याडमिण्टन खेल फेमिफाईनल चरण प्रवेस गरेको छ । १४ टिम सहभागी रहेको यस प्रतियोगितामा नगर प्रुमख भीमप्रसाद ढुङ्गाना र रोशन कोईरालाको जोडी अनिल चापागाई र अनिल मैनालीको जोडी सँग पराजित भएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद) को २०७१ साल बैशाख २६ गते नीलकण्ठ नगरपालिका घोषणा गरेको थियो । यहि दिनलाई स्थापना दिवस मानाउन नीलकण्ठ नगरपालिकाले जनप्रतिनिधि र कर्मचारी बीच ब्याडमिण्टन, मैत्रीपूर्ण फुटवल र महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच म्यूजिकल चियर प्रतियोगिता गरी स्थापा दिवसस मनाउने कार्यक्रम अनुसार आज ब्याडमिण्टन प्रतियोगिता भएको हो ।

सेमिफाईनल बेलुका ४ बजे हुने

  • डिल्ली लम्साल र गकर्ण मगर vs मेघनाथ कोईराला र पुरुषोत्तम सुवेदी
  • सारोज पाण्डे र सरोज तिवारी vs अनिल चापागाई र अलिन मैनाली

महिला कर्मचारी बीच म्यूजिकल चियर प्रतियोगिता भोली अर्थात बैशाख २५ गते बिहान ९ बजे हुने कार्यक्रम रहेको छ भने भोली दिउँसो ३ बजे नीलकण्ठ नगरपालिकाको जनप्रतिनिधिहरु/कर्मचारीहरु र गोरखा नगरपालिकाको नप्रतिनिधिहरु/कर्मचारीहरु बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने कार्यक्रम रहेको छ ।