नीलकण्ठ र गोरखा नगरपालिका बीच फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १८, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा यहि बैशाख २४ गते धादिङबेसी स्थित खुल्लामञ्चमा नीलकण्ठका जनप्रतिनिधि/कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद)को २०७१ साल बैशाख २६ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका बनेको थियो । यसै दिनलाई नीलकण्ठ नगरपालिकाले स्थापना दिवस मनाउने निर्णय गर्दै जनप्रतिनिधि/कर्मचारी बीच विभिन्न खेलकुद प्रतियोगिताहरु गर्न लागेको हो ।

यस्तो छ खेलकुद कार्य तालिका
वैशाख २४ गते
नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी विच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता ( विहान ७:०० वजे) खेल हुने स्थान नी.न.पा. स्थित ३ कभर्ड हल, धादिङ ।
वैशाख २५ गते
नीलकण्ठ नगरपालिकाको जनप्रतिनिधिहरु/कर्मचारीहरु र गोरखा नगरपालिकाको जनप्रतिनिधिहरु/कर्मचारीहरु
वीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता (दिनको ४:०० वजे) स्थान नी. न. पा. ३ स्थित टुडिखेल ग्राउण, धादिङ ।
वैशाख २५ गते
नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिलाकर्मचारी विच मैत्रीपूर्ण म्यूजिकल चियर प्रतियोगिता (विहान
९:०० वजे) खेल हुने स्थान नी. न. पा. स्थित ३ खेलकुद ग्राउण्ड, धादिङ ।

गत फागुनमा नीलकण्ठ नगरपालिकाले धादिङ जिल्लाका स्थानीय तह स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिता नीलकण्ठ नगरपालिका आफैले जितेको थियो । प्रथम भए सँगै नीलकण्ठले नगद १ लाख जितेको थियो भने, उप विजेता बनेको बेनीघाटले ५० हजार र गंगाजमुनालाई पेनाल्टीमा पराजित गर्दै तृतिय बनेको खनियाबासले नगद २५ हजार पुरस्कार सहित शिल्ड मेडल प्राप्त गरेका थिए ।