नीलकण्ठले जित्यो, अन्तरपालिका स्तरीय फुटसल

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन ७, २०८०

धादिङ । धादिङबेसी स्थित फुटसल एकेडेमीमा सम्पन्न अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता आयोजक नीलकण्ठ नगरपालिकाले नै जितेको छ । धादिङका १३ वटा स्थानीय तह सहभागी उक्त प्रतियागिताको फाईनलमा बेनीघाट रोराङको १ गोलका विरुद्ध ६ गोल गर्दै नीलकण्ठ नगरपालिकाले जितेको हो ।

प्रथम भए सँगै नीलकण्ठले नगद १ लाख जितेको छ भने, उप विजेता बनेको बेनीघाटले ५० हजार र गंगाजमुनालाई पेनाल्टीमा पराजित गर्दै तृतिय बनेको खनियाबासले नगद २५ हजार पुरस्कार सहित शिल्ड मेडल प्राप्त गरेका छन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा नीलकण्ठ १० का वडा अध्यक्ष सरोज पाण्डे, खेल अवधिभरमा १४ गोल गर्ने जिवन परियार सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षक सुजन गुरुङले जनही ५-५ हजार पुरस्कार प्राप्त गरे, उनीहरु तीन जना नै नीलकण्ठ नगरपालिकाका खेलाडी हुन् ।

गंगाजमुना गाउँपालिकाका प्रमुख भक्त लामाको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण समारोहमा बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख कृष्णबहादु थपलिया (विवेक), खनियाबास गाउँपालिकाका प्रमुख रणबहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो ।