रुबी भ्यालीमा रासायनिक मल र बिषादी प्रतिबन्ध

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २३, २०८१

धादिङ । किसानले रासायनिक मल नपाएको सवत्र आवाज उठिरहेको बेला धादिङको रुबीभ्याली गाउँपालिकाले भने रासायनिक मल तथा बिषादी खरीद/ विक्रिमा प्रतिबन्ध गरेको छ ।

किसानलाई जैविक बिषादी निर्माणसम्बन्धी तालिम दिन सुरु गरिएको छ । हामी रुबी भ्यालीलाई पूर्ण अर्गानिक खाद्यान्नको गाउँपालिका बनाउने अभियानमा रहेका छौं अध्यक्ष रामसिंह तामाङ बताउँछन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम पौडेलले आज सूचना जारी गर्दै रासायनिक मल तथा बिषादी खरीद तथा विक्रि नगर्न आग्रह गरेका हुन् ।

सूचनामा भनिएको छः गाउँपालिकाको क्षेत्र भित्र रासायनिक मलको प्रयोग, बेचविखन पूर्णरुपमा प्रतिबन्ध गरीएको हुँदा रासायनिक मल प्रयोग र बेचविखन नगर्नुहुन सम्पूर्ण सरोकारवालालाई अनुरोध छ । साथै कानुनको उल्लङ्घन गरी रासायनिक मलको ओसारपसार, बेचविखन तथा प्रयोग गरेको पाईएमा जफत गरि ऐन बमोजिम जरिवाना र कारवाही गरिने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।