बोमराङ आविको भवन उद्घाटन

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ ६ स्थित बोमराङ आविको नव निर्मित ५ कोठ भवन उद्घाटन गरिएको छ । आईतबार एक विशेष समारोहका बीच पालिका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) ले भवन उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै पालिका प्रमुख थपलियले जेठ मसान्तभित्र बेनीघाट रोराङ निःशुल्क शिक्षा घोषणा गर्ने पालिका हुनेछ । यसका लागि सबैको साथ र सहयोग चाहियो, कोहि स्कुल जानबाट नछुटुन उनले भने । ०८५ बैशाख १ गतेपछि आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी सेवा, सुविधा र अवसर पाउँदैनन् यसलाई गम्भिरतका साथ लिन समेत आग्रह गरेका थिए ।

३३ लाखको खर्चमा निमार्ण गरिएको उक्त भवन उद्घाटन समारोहको सभापतित्व विव्यसअ राजेन्द्र चेपाङ र प्र.अ. विष्णु रिजालको संचालन रहेको थियो । वडा अध्यक्ष टेकनाथ सिलवालको आतिथ्यता रहेको कार्यक्रममा पूर्व शिक्षक, पूर्व जप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । फोटोः दिव्यश गिरी