नीलकण्ठ र गोरखा नगरपालिका बीचको फुटबल आज

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २५, २०८१

धादिङ । नीलकण्ठ नगरपालिका स्थापना दिवसको अवसरमा आज धादिङबेसी स्थित खुल्लामञ्चमा नीलकण्ठका जनप्रतिनिधि/कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल सरकार को २०७१ साल बैशाख २६ गतेको निर्णयबाट नीलकण्ठ नगरपालिका बनेको थियो । यसै दिनलाई नीलकण्ठ नगरपालिकाले स्थापना दिवस खेलकुद कार्यक्रमका साथ मनाउने क्रममा हिजो ब्याडमिण्टन प्रतियोगिता भएको थियो भने फुटबल आज दिउँसो ३ बजे नीलकण्ठका जनप्रतिनिधि/कर्मचारी र गोरखा नगरपालिका जनप्रतिनिधि/कर्मचारी बीच हुने भएको हो ।

गत फागुनमा नीलकण्ठ नगरपालिकाले धादिङ जिल्लाका स्थानीय तह स्तरीय फुटसल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिता नीलकण्ठ नगरपालिका आफैले जितेको थियो । प्रथम भए सँगै नीलकण्ठले नगद १ लाख जितेको थियो भने, उप विजेता बनेको बेनीघाटले ५० हजार र गंगाजमुनालाई पेनाल्टीमा पराजित गर्दै तृतिय बनेको खनियाबासले नगद २५ हजार पुरस्कार सहित शिल्ड मेडल प्राप्त गरेका थिए ।