जलवायु परिवर्तन तर्फ ध्यान कहिले दिने ?

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २४, २०८१

साँच्चै हाम्रो देश नेपाल किन विश्व कै नम्बर एक वायु प्रदुषित देश बनिरहेको छ साथै यति धेरै मौसम गढबड भैइरहेको छ । के यो जलवायु परिवर्तनको असर त हैन ? नेपाल यस्तो देश हो जहाँ प्राकृतिक सुन्दरताको अनुपम नमुना भएको मुलुक हो विभिन्न प्रकारको भौगोलिक बनावट, हरियाली प्रकृति, विश्व कै अग्लो हिमाल अनि दोश्रो जलश्रोतको धनि देश भनेर चिनिन्छन ।

पहिला पहिला हाम्रो काका बाउ बाजेहरु लाहुर अनि प्रदेशि भूमिबाट फर्कि आएर चौतरीमा लामो सुस्केरा हालेर भन्ने गर्दथे ससार डुले दुनियाँ देखे तर हाम्रो देशको हावा मिठो पानी नै मिठो मौसम राम्रो यो नै स्वर्ग हो भन्थे तर आज यहाँ सब उल्टो हुदैछ हावा प्रदुषित हुदैछ, तापक्रम खाडिमा जस्तै बढ्दैछ, पानी नपरेर महिनौ दिन सुख्खा अनि खडेरि लाग्दैछ खोला नाला पानीको मुलहरु सुकेर हराउँदैछ ।

बेलैमा वर्षा नहुने फेरि वर्षा हुन थालेपछि उत्पात वर्षा हुने बाढि पहिरोको त्यतिनै जोखिम बढ्न थालेको छ अफ सिजन असोज कातिक तिर बेस्सरि झरि हुने यस्तो विकराल वातावरण अनुकुल किन हुदैछ। मलाइ लाग्छ बढ्दो शहरिकरण अनि जताततै धुलो धुवा पुरानो थोत्रा मोत्रा सवारि साधनको प्रयोग, विकासको नाउमा जताततै बस्ति बस्तिमा डोजर चलाउने बस्ति माथिको शिर देखि सडक खन्ने जङल फडानि देखि जङलमा आगलागि गर्ने बस्ति बस्तिमा फोहोरको डुङुर बियरका बोतल देखि अधिक मात्रमा प्लास्टिक प्रयोग गर्नु अनि खेत, बारि करेसाबारिमा सबै विषादीयुक्त राषायानिक मलको प्रयोग गर्नाले ।

अहिले मोडर्न युगमा बिकसित देशहरुले ग्रीन सिटि वातावरण युक्त शहरहरु निर्माण गर्दैछ । खाडि जस्तो झार न उम्रने देशमा आज जहाज र पानी झहाजले अरु देशबाट माटो बोकेर बृक्षारोपण गरि हरियालि सहर बनाउदै छ । फोहोर ब्यबस्थान देखि इल्क्ट्रीकल सवारिसाधन बनाउदै छ । तर हाम्रोमा प्रकृतिले दिएको सबै चिज मासेर कुरुप बनाउदै जादैछौ यस्तै रहे अब आउने पुस्ताले झनै बिकराल समस्या झेल्नु पर्ने देखिन्छ ।

जलवायु परिवर्तन मान्छेकै कारण भइरहेको छ । रुख काट्दा देखिने गोलो घेरा, हिउँको भित्री भाग, तालको थिग्र्यान र समुद्रका कोरलको अध्ययन सबैले उहिलेको मौसम कस्तो थियो भन्ने कुराको सङ्केत दिन्छन् । सन् २०२१ मा प्रकाशित एक प्रमुख संयुक्त राष्ट्र सङ्घीय प्रतिवेदनमा मानव गतिविधि नै वायुमण्डल, समुन्द्र र जमिन तातिनुको कारण रहेको भन्नेमा एकमत रहेकोु उल्लेख गरिएको छ ।

यस बारे बेलैमा सरकारले दिर्घकालिन योजना अनि जनस्तर सम्म जनचेतनाको स्तर बढाउनु पर्ने देखिन्छ । जथाभावी प्लास्टिक जन्य सामनको प्रयोग कम गरौं, जताभाबि फोहोर नफालौ, जङ्गल फडानि नगरौ जङ्गलमा आगजानि नगरौ, बिषादी युक्त राषायनिक मलको सकभर कम प्रयोग गरौ यसो गरेमा मात्र हाम्रो वरिपरिको वातावरण अनुकुल राख्न सक्छौ जस्तो लाग्छ ।