फुर्के खोलाको सहिद गेटले १२ वर्षमा पूर्णता पायो

Avatar photo
नारायण सिलवाल
मङ्लबार, साउन २, २०८०

धादिङ । जनयुद्धका सहिदहरुको स्मृतिमा गजुरी २ स्थित फुर्के खोला पुलमा निर्माणधिन सहिद गेटले १२ वर्षमा पूर्णता पाएको छ । वि. स. ०६८ सालमा शिलान्यास भएको उक्त गेटको कार्य सम्पन्न भएको गेट निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक कडेंलले बताए ।

तात्कालिन माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य पुष्पविक्रम मल्लले वि. स. ०६८ साल असार २४ गते एक कार्यक्रमका बीच उक्त गेटका शिलान्यास गरेका थिए । शिलान्यास भए सँगै जिल्ला विकास समिति धादिङले ४ लाख, गजुरी गाउँपालिकाले ५ लाख र बेनिघाट रोराङले ६ लाख रकम विनियोजन गरेका थिए । उक्त रकमबाट गेटको पिल्लर बनाउने काम भएपनि त्यसपछि कामले गति लिन सकेको थिएन ।

आर्थिक वर्ष ०७९–०८० मा हाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जकमट्टेलको पहलमा बागमती प्रदेश सरकारले काम पूर्णता दिन २० लाख बजेट विनियोजन गरेको थियो । उक्त २० लाख मध्य १८ लाख २२ हजारमा काम सकिएको अध्यक्ष कडेलले बताए ।

०६८ साल मै निमार्ण सुरु भएको धादिङबेसी पुछार बजार प्रवेशद्वारमा निर्माणाधिन सहिद गेटले भने अझै पूर्णता पाउन सकेको छैन । जिविसले ०६८ सालमा १ लाख र ०७९ सालमा १ गरी २ लाख दियो त्यो २ लाखले पिल्लर र बिम राख्ने काम भएपनि बीम भाँचिएपछि रोकिएको काम अहिले जस्ताको तस्तै छ । फोटो प्रकाश उप्रेती

यस अघि गेटबारे धादिङपोष्टमा प्रकाशित समाचार