फुर्केखोला सहिद गेटको १५ लाखको काम अझै सुरु भएन

Avatar photo
Dhadingpost
बुधबार, असार ८, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका २ फुर्केखोला स्थित निमार्णाधिन सहिद गेट निमार्णलाई पूर्णता दिन भन्दै प्रदेश सरकारले विनियोजन गरेको १५ लाखको काम अझै अगाडी बढेको छैन । कामदार र ठेकदार नपाउँदा काम अडागी नबढेको उपभोक्ता समितिका अध्यक्ष रंगनाथ पाण्डेले बताए ।

अध्यक्ष म भएपनि पैसा कति परेको हो ठेकदार को हो भन्ने चाहि सिद्धलेकका पुष्प थपलिया र बेनीघाट रोराङका दिपक कडेलहरुलाई थाहा हुन्छ, मलाई थाहा हुन्न, संझौता भएको छ, अब काम सुरुहुन्छ भन्ने जानकारी पाएको छु अध्यक्ष पाण्डेले धादिङपोष्टलाई बताए ।

सुरुमा हामी सँग कुराकानी गर्दै बागमती प्रदेशसरका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले निमार्णाधिन सहिद गेट निमार्णलाई पूर्णता दिन प्रदेशले २० लाख विनियोजन गरेको बताएका थिए । तर अहिले १५ लाखको मात्रै संझौता भएको देखिएको छ भने संझौता गरिएको १५ लाखको काम पनि आर्थिक वर्षको अन्तिम महिलानाको दोस्रो हप्ता सुरुभईसक्दा पनि काम सुरुभएको छैन ।

यो आर्थिक वर्षको १५ लाखको काम नसकिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको वजेटमा फेरि यस सहिद गेटको लागि २० लाख विनियोजन गरि सकेको छ । अहिलेको १५ लाखको काममा जति काम हुन्छ त्यो बराबर भुक्तिानी लिन्छौं र अर्को वर्षको वजेटको चाहि बेलैमा काम गर्ने समितिका एक सदस्य बताउँछन् ।