६ वर्षमा पनि सम्पन्न भएन सहिद गेट

Avatar photo
Dhadingpost
आइतवार, साउन ८, २०७४

धादिङ साउन ८ । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य पुष्पविक्रम मल्लले शिलान्यास गर्नुभएको गजुरी गाउँपालिका अन्तरगत फुर्केखोलामा बन्दै गरेको सहिद गेट ६ वर्ष पार हुँदा समेत पुरा हुन सकेन ।

शान्ति प्रक्रिया सँगै देशभर माओवादीले सहिदहरुको सम्झनामा सहिद पार्क र गेट बनाउने योजना अनुरुप धादिङमा पनि २ ठाउँमा २ ठुला सहिद गेट बनाउने निर्णय गरेको थियो ।

जिल्लाका अन्य पार्टीहरुले पनि माओवादीको उक्त निर्णयलाई स्वागत गर्दै सरकारी वजेट विनियोजन गर्न कुनै विरोध गरेनन् । तर पनि गेट बन्न अहिले सम्म सकि रहेको देखिँदैन ।

त्यहि अनुसार काम सुरु भएको धादिङबेसी साँघुटार निर्माण गरिएको लाखौं खर्च भएको गेटको पिल्लरको अहिले कुनै नाम निसाना छैन । भने मलेखु धादिङबेसी आउने पक्की पुलको मुखमा बन्न सुरुभएको कामले न गति लिएको छ न गेटले पुर्णता पाउन सकेको छ ।

हामीले पोष्ट गरेको पहिलो फोटो फोटो असार ३१ गते सम्मको कामको हो । हेर्दा जिविसबाट आउने १० लाखको लागि काम सुरु भएको जस्तो देखिन्छ । ३१ गते सम्म पिल्लर आसपास कामको लागि सेट गरिएका फर्माले अहिले सडक साघुरो बनाई रहेको देखिन्छ । यति कामको आधारमा जिल्ला समन्वय समितिका प्राविधिकहरुले कसरी कार्य सम्पन्नको सिफारिस गरे र जिविसले रकम भुक्तानी गर्यो आशङ्का धेरै गर्न सकिन्छ । उक्त कामको जिम्मेवारी लिई रहेका पुष्प थपिलयाले भने काम जारी रहेको तर बीचमा केहि दिन ठेकेदारका कारण रोकिएको हो, अब केहि दिनमा फेरि कामले निरन्तरता पाउने बताए ।

किन गेट निर्माणको कामले पुर्णता पाएन ?

दास्रो फोटो ०६८ सालअसार २४ गते सहिद गेट निर्माणको शिलान्यास कार्यक्रमको हो । पुष्पविक्रम मल्लले सहिदहरुको सम्झनामा अन्तराष्ट्रिय स्तरको गेट बन्ने बताउनु भएको थियो । मल्लको त्यो शिलान्यास भाषण पछि माओवादी पार्टी सहिद गेट बनाउने सोचमा कहिल्यै गम्भीर बनेन ।

यहि पार्टीमा लागेका पूर्णकालिन कार्यकर्ताहरु  करोडौको मालिक बनेका उदाहरणहरु बनि रहेका छन् । तर सामाजिक काममा ध्यान दिएका छन् कि छैनन्, माओवादी केन्द्र धादिङ सामु यहि सहिद गेट उदाहरणको रुपमा उभिएको छ यतिबेला ।

कामको जस लिन मात्र खोज्ने तर सहिद गेट निर्माणमा चासो नदेखाएको माओवादी केन्द्र सिद्धलेकका अध्यक्ष पुष्प थपलिया बताउँछन् । नेताहरुलाई सहिद गेटको कुनै वास्ता छैन सहिद तथा वेपत्ता परिवार मात्र तातेर के गर्नु अहिले सम्म यहि कारण गेट बन्न नसकेको स्वीकादै अब सहिद परिवार र अन्य सक्ने जो कोहिबाट चन्दा उठाएर गेट सम्पन्न गर्ने तयारीमा रहेको थपलियाले बताए ।

सहिद गेट निर्माण समितिका अध्यक्ष तथा दश वर्षे जनयुद्धको क्रममा ज्यान गुमाएका नारायण प्रसाद उपाध्ययका बुवा सुवर्ण उपाध्यय अहिले सम्म जिल्ला विकास समितिबाट कति पैसा पर्यो अहिले कति वजेट परेको हो आफुनालाई जानकारी नभएको यस विषयमा पुष्पथपलियालाई सोध्न आग्रह गर्नुभयो ।

जिल्ला विकास समितिले सुरुमा ३ लाख बजेट दिएको र काम सुरु गरिए हो, त्यस पछिका वर्षहरुमा जिविसले ५ लाखको दरले वजेट छुट्याउने र त्यो ५ लाखको काम अधुरो हुन्छ भन्दै जिविसकै प्राविधिकले स्टमेट बनाउन नमान्दा वजेट फ्रिज हुने गरेको बताउनु भयो । अहिले सहिद पार्क निर्माणको ५ लाख र जिविसको अनुदान ५ गरी १० लाख सरकारी अनुदान छ यसले पिल्लर सम्पन्न हुन्छ भने माथिको बुर्जा निर्माणको लागि सहयोग संकलन गरेर भए पनि गेट सम्पन्न हुन्छ थपलियाले धादिङपोष्टलाई बताए ।