धादिङ साउन १७ । मलेखु फुर्के खोला पुलको मुखमा रहेको सहिद गेटको कामले १० वर्षमा समेत पूर्णता पाउन सकेको छैन । पुलले सहिद गेटको हिस्सेदार माओवादी केन्द्रलाई गिज्याई रहेको छ ।
शान्ति प्रक्रिया सँगै देशभर माओवादीले सहिदहरुको सम्झनामा सहिद पार्क र गेट बनाउने योजना अनुरुप धादिङमा पनि २ ठाउँमा दुई ठुला सहिद गेट बनाउने निर्णय निर्णय गर्यो र काम पनि सुरुभयो तर हाल त्यो गेटले माओवादीलाई गिज्याई रहेको छ ।
वि. स. ०६८ साल असार २४ गते एक भव्य कार्यक्रमका बीच तात्कालिन माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य पुष्प विक्रम मल्लले शिलान्यास गर्नु फुर्केखोला स्थित त्रिशुली नदीमा रहेको पुलको धादिङबेसी तर्फ प्रवेश गर्ने मुख्यद्वारमा जनयुद्धका सहिदहरुको स्मरणमा बन्दै गरेको सहिद गेट निर्माणको कामले १० वर्ष पार गर्दा समेत पूर्णता पाउन सकेको छैन ।
०६८ साल पछि तात्कालिन माओवादी नेताहरु पुष्प विक्रम १ पटक संविधान सभा सदस्य, शालिकराम जम्कट्टेल १ पटक संविधान सभा सदस्य, प्रदेश सदस्य हुँदै प्रदेशको सामाजिक विकास मन्त्री, कल्पना धमला संविधान सभा सदस्य मन्त्री, रविन्द्र प्रताप शाह संविधान सभा सदस्य, वीरबहादुर तामाङ संविधान सभा सदस्य, जगत सिंखडा बागमती प्रदेश सांसद बनि सकेका छन् । यत्तिका नेताहरु राज्यगत संयन्त्रमा रहँदा समेत यो सहिद गेटले पूर्णता पाउन नसक्नु आश्चर्य जनक हरेको सहिद तथा वेपत्ता परिवारहरु बताउँछन् ।
त्यसो त विगत ५ वर्ष देखि निरन्तर माओवादी केन्द्रको जिल्ला नेतृत्व गरि रहेका शालिकराम जकट्टेल अहिले पनि वागमती प्रदेशका सांसद हुन् । आर्थिक अभावले भन्दा पनि माओवादी जिल्ला नेतृत्वको उदासिनताका कारण उक्त सहिद गेट पूर्णता नपाएको प्रष्ट रुपमा आकलन गर्न सकिन्छ ।
जिल्ला विकास समिति धादिङको ४ लाख सहयोगबाट निमार्ण सुरुभएको उक्त सहिद गेट निमार्ण गजुरी गाउँपालिकाले ५ लाख र बेनिघाट रोराङले ६ लाख रकम विनियोजन गरे सँगै गेटको पिल्लर सम्म ठडिएको छ ।
यस्तै धादिङबेसी पुछार बजार प्रवेशद्वारमा रहेको सहिद गेटको पनि हाल उस्तै छ । धादिङबेसीमा बन्न लागेको पुलको पैसा फुर्केखोला लगियो हामीले विरोध जनाए पछि जिविसले ०६८ सालमा १ लाख र ०७९ सालमा १ गरी २ लाख दियो त्यो २ लाखको पिल्लर र बिम राख्ने काम भयो तर पछि बिम चाहि भाँचियो त्यो भन्दा पछि बजेट नपारेको स्थानीयहरुको गुनासो छ ।