
धादिङ भाद्र २२ । धादिङको फुर्केखोला स्थित त्रिशुली नदीमा रहेको पुलबाट धादिङबेसी तर्फ प्रवेश गर्ने मुख्यद्वारमा सहिद गेट निर्माण सुरुभएको ९ वर्षमा समेत पुरा भएको छैन ।
वि. स. ०६८ साल असार २४ गते एक भव्य कार्यक्रमका बीच तात्कालिन माओवादी केन्द्रका नेता तथा सभासद पुष्प विक्रम मल्ल र शालिकराम जमकट्टेलले शिलान्यास गर्नु भएको उक्त सहिद गेट अहिले ९ वर्षमा समेत निर्माणाधिन अवस्थामा नै छ ।
दश वर्षे जनयुद्धका क्रममा धादिङबाट ज्यान गुमाएका सहिदको सम्झनामा सहिद गेट निर्माण सुरु भएको ९ वर्षमा समेत पुरान नहुँदा समेत नेकपा नेताहरुले चासो देखाएका छैनन् ।

जिल्ला विकास समिति धादिङको ४ लाख सहयोग बाट निमार्ण सुरुभएको उक्त सहिद गेट निमार्ण अन्तिम चरणमा पुगे रोकिएको नेकपा सिद्धलेकका नेता पुष्प थपलिया बताउनु हुन्छ ।
वजेटको अभावले निमार्णमा ढिलाई भएको हो । आधा पिल्लर मात्र ठडिएको अवस्थामा गजुरी गाउँपालिकाले ५ लाख र बेनिघाट रोराङले ६ लाख रकम विनियोजन गरे सँगै गेट ०७६ साल मै अन्तिम चरणमा पुगेको थियो, थपिलयाले धादिङपोष्टलाई बताउनु भयो ।
दु:खदको कुरा बेनिघाट रोराङको सिमानामा पनि यो सहिद गेट पर्दैन, तर बेनिघाट रोराङ सहयोग भयो । सिद्धलेक गाउँपालिका सँग प्रत्यक्ष सम्मबन्ध रहेको सिद्धलेक प्रवेशद्वार मै बन्न लागेको यस सहिद गेट निमार्णमा सिद्धलेकको कुनै सहयोग नभएको थपलियाको गुनासो छ ।

सहिद गेट निमार्णको अन्तिम चरणमा पुगेको पनि २ वर्ष भैसक्यो, शिलान्यास कर्ता शालिकराम जमकट्टेल प्रदेशको मन्त्री हुनुहुन्छ, धादिङका एकाध बाहेक सबै स्थानीय तह नेकपाले जितेको छ जिल्ला सदरमुकाम जाने प्रवेशद्वारमा बन्दै गरेको सहिद गेटको हविगत नदेख्ने नेकपा र जनप्रतिनीधि सायद छैनन् होला ।
तीन तह कै सरकारमा नेकपाको बहुमत हुनु तर ९ वर्ष देखि निमार्णाधिन यो गेटका लागि ०७७/७८ को लागि कुनै तहले पनि बजेट विनियोजन गरेका छैनन् ।

गजुरी र बेनीघाट रोराङको सिमानामा रहेको मलेखु पुलमा दुईवटा गेट देख्न सकिन्छ । बेनीघाट रोराङले गाउँपालिका प्रवेश गर्नेहरुलाई स्वागत भनेर पुलको छेउमा रखकेको गेट आकर्षक देखिन्छ भने त्यहि पुलको अर्कोपटि सहिद तथा वेपत्ता परिवार समाज गजुरीले बनाएको सहिद गेटको अक्षर समेत मेटिई सकेको अवस्थामा सामान्य मर्मत समेत गरेको देखिँदैन ।
धादिङबेसीको सहिदगेटको पनि हालत उहि

धादिङबेसी प्रवेसद्वारा पुछार बजारमा ०६८ साल मै निमार्ण सुरुभएको सहिद गेटको त पिल्लर मा ठडिएर बसको छ । धादिङबेसीमा बन्न लागेको पुलको पैसा फुर्केखोला लगियो हामीले विरोध जनाए पछि जिविसले ०६८ सालमा १ लाख र ०७९ सालमा १ गरी २ लाखमा पिल्लर मात्र ठडिएर बसेको छ ।
नीलकण्ठ नगरपालिका काँग्रेस र माओवादी गठबन्धनले स्थानीय तह जित्यो धादिङबेसी पुछारबजारको सहिद गेटले गतिलेला भन्ने सोचेका थियौं । तर नीलकण्ठ नगरपालिकाले बजेट नै विनियोजन नगरेको स्थानीयहरुको गुनासो छ ।
निलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीलाई किन बन्न सकेन धादिङबेसीको सहिद गेट भन्ने हाम्रो प्रश्नमा स्थानीयबाट वजेट माग भएन । त्यो वेलाको काम कत्तिको गतिलो भएको छ त्यो जानकारी पनि छैन । सुरुमा नीलकण्ठले बनाएको पनि हैन अहिले थप कामको लागि बजेट पनि माग भएको छैन त्यहि भएर काम अगाडी नबढेको हुन सक्ने बताउनु भयो ।
वेपत्ताहरुको सम्झनामा निर्मित प्रतिक्षालय स्टोरमा परिणत

जनक्रान्तिकाका सहिद तथा वेपत्ता परिवार धादिङका अध्यक्ष रामबहादुर भण्डारीको संघर्ष पूर्ण दवाव पछि जिल्ला प्रशासन भित्र बनेको जनयुद्धका वेपत्ताहरुको सम्झनामा निर्मित प्रतिक्षा लय अहिले जिल्ला प्रशासनको स्टोरको रुपमा रहेको छ ।
सहिद गेटको विषयमा ३ वर्ष पहिला धादिङपोष्टले प्रकाशित गरेको समाचार