धुनीबेसीको खेलकुद बजेट १ करोड भन्दा माथि

Avatar photo
Dhadingpost
सोमवार, साउन १, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिकाले खेलकुद शिर्षकमा १ करोड २ लाख ८० हजार विनियोजन गरेको छ । धादिङका स्थानीय तहहरुले खेलकुदमा विनियोजन गरेको रकम मध्य धुनीबेसीले छुट्याएको यो रकम सबैभन्दा धेरै हो ।

धुनीबेसीद्वारा खेलकुद शिर्षकमा विनियोजन भएको रकम

  • नगर स्तरीय खेलकुद प्रतियोगिता १५ लाख
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ८ लाख
  • मेयर कप कराँते प्रतियोगिता ८ लाख
  • जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ३ लाख ५० हजार
  • खेलाडी सम्मान ७ लाख ५० हजार
  • खेलकुद प्रशिक्षक तलव १५ लाख ८० हजार
  • बाङ्गे खेल मैदान निमार्ण १० लाख
  • कुवापानी कभर्डहल निमार्ण ८ लाख
  • गोरखकाली खेल मैदान १ लाख
  • कोलकोटे खेल मैदान निमार्ण ५ लाख
  • ढकालखोला खेल मैदान ३ लाख
  • तल्लो लप्से खेल मैदान ३ लाख
  • खेलकुद पूर्वाधार विकास वडा ५ को लागि १५ लाख

धुनीबेसीले २०८०–०८१ मा खर्च हुने गरि गरेको बजेट विनियोजनमा खेलकुद कार्यक्रम, खेलकुद पूर्वाधार सँगै खेलाडी सम्मान र खेलकुद प्रशिक्षक तलव दिने गरी उक्त खेलकुद शिर्षकमा बजेट विनियोजन गरेको हो । फाईल तस्विर

धादिङका पालिकाको खेलकुद बजेट