बेनीघाट रोराङद्वारा खेलकुदमा साढें ३६ लाख विनियोजन

Avatar photo
Dhadingpost
बिहिबार, असार २८, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि खेलकुदको पूर्वाधार र खेलकुद कार्यक्रमका लागि ३६ लाख ५० हजार विनियोजन गरेको छ ।

खेलकुदमा विनियोजित वजेट अन्तरगत सबैभन्दा धेरै युवा तथा खेलकुद कार्यक्रमका लागि २० लाख छुट्याएको छ भने बागेश्वरी खेल मैदानका दलागि ७ लाख विनियोजन गरेको छ ।

बेनीघाट रोराङको विनियोजित खेलकुद बजेट
१. युवा तथा खेलकुद कार्यक्रम २० लाख
२. बागेश्वरी खेल मैदान निर्माण ७ लाख
३. वडा नम्बर १ को खेल मैदान निमार्ण २ लाख
४. वडा नम्बर १ को चिङमाङ खेल मैदान निमार्ण ५० हजार
५. वडा २ मा वडा स्तरीय खेलकुद कार्यक्रम १ लाख
६. वडा ६ को खेल मैदान १ लाख
७. वडा ३ को युवा तथा खेलकुद समिति १ लाख
८. वडा ४ मा युवा तथा खेलकुद कार्यक्रम १ लाख
९. वडा ५ मा युवा तथा खेलकुद कार्यक्रम १ लाख
१०. वडा ८ मा युवा तथा खेलकुद कार्यक्रम १ लाख
११. वडा ९ मा युवा तथा खेलकुद कार्यक्रम ५० हजार
१२. वडा १० मा युवा तथा खेलकुद कार्यक्रम ५० हजार

नियमित गर्दै आएको अध्यक्ष कप बृहत खेलकुद प्रतियोगितालाई भने गाउँपालिकाले यस पटक छुट्टै शिर्षक दिएर वजेट विनियोज गरेको देखिएको छैन । तथापी अध्यक्ष कप खेलकुद प्रतियोगिता युवा तथा खेलकुद कार्यक्रम २० लाखबाट खर्च गरिने बताईएको छ ।