ज्वालामुखीद्वारा खेलकुदमा १७ लाख विनियोजन गत वर्ष भन्दा १ लाख बढी

Avatar photo
Dhadingpost
शनिबार, असार ३०, २०८०

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ का लागि युवा तथा खेलकुद कार्याक्रमका लागि १७ लाख विनियोजन गरेको छ । यो रकम गत वर्षको खेलकुद वजेट भन्दा १ लाख बढी हो ।

यो बजेट बाहेक ज्वालामुखी वडा नम्बर ४ मा तिज महोत्सव,लाखे नाच तथा खेलकुद कार्यक्रमका लागि २ लाख विनियोजन गरेको छ ।

ज्वालामुखीले क्रिकेट खेलाडीहरुलाई भने गत बर्ष जिल्ला स्तरीय प्रतियोगितामा भाग लिन समेत अनुमति नदिएर निराशा बनाई फर्काएको थियो यस वर्ष त्यसो नहुनेमा क्रिकेट खेलाडीहरु आशावादी रहेका छन् ।