धादिङमा समिर नामले परिचित जनयुद्धका सिपाहीको लोभलाग्दो उद्यम र राजनीति

Avatar photo
Dhadingpost
बुधबार, साउन ४, २०७९

सरस्वती न्यौपाने
रसुवा ।
माओवादी जनयुद्धको समयमा लामो समय धादिङमा रहेर काम गरेका माधव प्रसाद लामिछानेलाई उत्तरी धादिङका अधिकाँश स्थानीयले समिर भनेर चिन्ने गर्दछन् ।
जनता सँग छिटै घुलमेल हुने स्वभावका समिर अहिले पनि राजनीतिमा उत्तिकै क्रियाशिल छन् भने सफल उद्यमीको रुपमा समेत आफूलाई स्थापित गरेका छन् ।

रसुवा जिल्लाको उतरगया गाउँपालिका वडा नम्बर ४ चौर खर्कमा राजनीति संगै कालिज पालन व्यवसाय गरेर सफल कृषकको रूपमा परिचित छन् माधव प्रसाद लामिछाने ।

ऐतिहासिक घलेगढि भन्दा पाँच सय मिटर नजिकै रहेको चौरखर्कमा आफ्नो भिरालो भएको जग्गामा रहेको जगललाई जालिले ढाकेर पक्कि संरचना बनाई चौरखर्क कृषि फर्म नाम दिई कालिज पालन गरिरहनु भएको छन् उनी ।

यो फर्म निर्माण गर्दा सुरूमा २२ लाख रूपैयाँ लाग्यो पछि ह्राचिङ मेसिन संचालन गर्न थप तीन लाख र अन्य फार्मको अपग्रेडिङ गर्न ५ लाख गरि ३० लाखको लगानि रहेको उनी बताउँछन् । उानले वागमती प्रदेश पशुपन्छि विकास निर्देशनालय वाट नौ लाख ७० हजार अनुदान प्राप्त भएपछि राष्ट्रिय वाणिज्य बैंक कालिकास्थान शाखाबाट ऋण लिई कालिज फार्म सन्चालनमा ल्याएका हुन ।

उनी नेकपा माअ‍ोवादी बागमती प्रदेशको सहसचिव समेत रहेका माधव प्रसाद लामिछाने समीर नामले परिचित छन् । साना ठुला गरेर एक हजार भन्दा वढि कालिज रहेको यस फर्ममा ३५० कालिज विक्रि योग्य छन्, भने ५५० चल्ला उत्पादनमा रहेको छ ।
जिल्लाको एक मात्रै यस कालिज फार्म आर्थिक वर्ष २०७६-०७७ बाट सुरू गरिएको हो । दुई वर्षको कालिज बिक्री भईसकेको र तेस्रो वर्षको कालिज विक्रिका लागि तयारी भईरहेको उहाँ उनी बताउँ छन् ।

सरल शान्त र सवै संग नम्रभाव गरेर बोल्ने माधव लामिछाने युवाहरूमाझ प्रेरणाको स्रोत बनेका छन् । उक्त व्यवसायबाट सन्टुष्ट रहेको उनी बताउँछन् ।