धादिङमा डेंगु संक्रमित ३,५०१ जना पुगे

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २३, २०८१

धादिङ । स्वास्थ्य कार्यालय धादिङले जनाए अनुसार धादिङमा चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म डेंगु पुष्टि भएकाहरुको संख्या ३,५०१ जना छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार बागमती प्रदेशमा ११ हजारभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य निर्देशानलयका स्रोत व्यक्ति उत्तमप्रसाद प्याकुरेका अनुसार बागमती प्रदेश अन्तरगत अन्य जिल्लाहरु काठमाडौँमा ३ हजार, चितवनमा १ हजार ७०८, मकवानपुरमा ८५७, भक्तपुरमा ४९४, काभ्रेपलाञ्चोकमा १६७, नुवाकोटमा ८१, दोलखामा ७९, रामेछापमा २७, सिन्धुपालञ्चोकमा ३२, सिन्धुलीमा २३ र रसुवामा २ जना नयाँ डेंगु संक्रमित फेला परेका छन् ।

गर्मी मौसम सुरु भएसँगै डेंगु संक्रमित अझै बढ्न सक्ने भएकाले लामखुट्टे लार्भा खोज्ने र नष्ट गर्ने अभियानमा सहयोग गर्न स्वास्थ्य कार्यालय धादिङका तोया छत्कुलीले आग्रह गरेका छन् ।