बाख्रा पालन गर्ने किसानले जान्नै पर्ने ५० टिप्स

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २१, २०७९

धादिङ । ब्यवसायीक रुपमा बाख्रा पालन गर्ने किसानहरुको संख्या बृद्धि हुँदै गहिरहेको छ भने वैदेशिक रोजगारिबाट फर्कने युवाहरुको रोजाईको पेशा मध्य पशुपालन पनि एक हो । आज हामी बाख्रा पालन गर्ने सोचमा रहेका किसान र पालन गरि रहेका किसानको लागि नार्कले तयार पारेको ५० टिप्स खोजेका छौं ।

यी हुन् बाख्रा पानल गर्ने किसानले जान्नै पर्ने ५० टिप्स
१. नेपालमा पालिने स्थानीय बाख्राको प्रमुख जातहरु के के हुन ?
नेपालको स्थानिय बाख्रामा – पाहाडी क्षेत्रमा खरी बाख्रा, हिमाली क्षेत्रमा च्याङग्रा, सिन्हाल प्रमुख हुन् । तराइको क्षेत्रमा तराई बाख्रा प्रचलित छ ।
२. नेपाल सरकारबाट सिफारिश भएका बाख्राका विकासे जात के के हुन् ?
नेपाल सरकारबाट सिफारिश भएका बाख्रामा जमुनापारी, बारबेरी, विटल, सानान, प्रमुख पर्दछन ।
३. अहिले नयाँ जातको अफ्रिकी बाख्रा राम्रो छ भनिन्छ नि ?
दक्षिण अफ्रिकाको वोएर (Boer) जातको बाख्राको माग राम्रो छ । छिटो शारिरीक वृद्धि हुने र बढने भएकोले किसानले मन पराएको हो । तर सरकारी स्रोतबाट अझै सिफारिश भैसकेको छैन, अनुसन्धानको क्रममा छ ।

४. बाख्राको माउ छनौट कसरी गर्ने ?
-जुम्ल्याहा वा सो भन्दा वढी पाठारपाठी ब्याउने ।
-पाठारपाठीलाई दूध पुर्याई हुर्काउने ।
-देख्नमा स्वस्थ्य र ठुलो कल्चौडा भएको ।
-दुई वेतको अन्तराल कम हुने माउ छनौट गर्नु पर्छ ।
५. ब्याएको बाख्राको पाठा/पाठीलाई दूध कम भएमा के गर्ने ?
पाठा/पाठी हुर्काउनलाई माउको दूध नपुग्दा वा माउ मरेमा गाईरभैंसीको दूध दैनिक बिहान, दिउँसो, वेलुका पाठारपाठीको शारिरीक तौल अनुसार ५०–१०० मि.लि. पिलाउने ।
६. कस्तो उमेरको बाख्रा किनेर गोठ शुरु गर्नु राम्रो हुन्छ ?
६ महिनादेखी १ वर्ष उमेर भएको स्वस्थ्य पाठी वा पहिलो वेते माउ बाख्रा छान्नु राम्रो हुन्छ ।
७. कति बाख्रा पालेर व्यावसायिक बाख्रा पालन शुरु गर्नु राम्रो हुन्छ ?
कम्तीमा २० माउ बाख्रा र १ बोकाबाट व्यावसायिक फार्म शुरु गर्न सकिन्छ तर चरनर घाँसको उपलब्धतामा ध्यान दिनु पर्दछ ।

८. कुन जातको बाख्रा पाल्नु राम्रो हुन्छ ?
स्थानीय खरी बाख्रा – जुम्ल्याहा पाठा / पाठी दिने माउ राम्रो हुन्छ । वोएर / जमुनापारी, वारवेरी जातको क्रस बाख्रा पनि राम्रो छ । स्थान अनुसार बाख्रा छनोट प्राविधिकको सल्लाहमा गर्नु पर्छ।
९. बाख्राको खोर कस्तो हुनु पर्छ ?
जमिन भन्दा ३–५ फिट माथि उठाई बाख्रा बस्ने मिल्ने खोर बनाउनु पर्छ । स्थानीय काठ,वांस वा अन्य निर्माण सामाग्री प्रयोग गरी गोठ बनाउन सकिन्छ ।
१०. बाख्रा बाली नजाने समस्या पर्दा के गर्नु पर्ला ?
बाख्राको स्वास्थ्य राम्रो छ र पाठो हुर्किएको छ तर बोका नखोजेमा
-नजिकको भेटेनरी प्राविधिकसंग सल्लाह लिई उपचार गराउने ।
-नुन र पोसिलो दाना वढाउने ।
-पुजना वा वझत्र १ ट्यावलेट खान दिने ।

११. बाख्राले राम्रोसँग मन लगाएर नचर्ने र नखाने हुँदा के गर्नु पर्ला ?
-गोवर परिक्षण गराई जुका परेको छ, छैन हेरी प्राविधिकको सल्लाहमा औषधि दिने ।
-खाना रुची वढाउने औषधिहरु जस्तै – हिमालयन वतिसा, रुचामेम्स १५–३० ग्राम दैनिक एक हप्ता सम्म दिने ।
-रुमेन्टोनरएनोरेकसोन ट्याव एक चौथाई दुई पल्ट दिने ।
१२. बाख्राले छेर्ने र सिंगान बगाउने लक्षण देखाएमा के गर्नु पर्ला ?
-नेबलोन पाउडर १०–२० ग्राम दिनमा दुई पल्ट खान दिने ।
-एण्टीवायोटिक टेवलेट २००–४०० मि.ग्रा.सात दिन सम्म खान दिने ।
-प्राविधिकको सल्लाह लिने ।
१३. बाख्राहरुले खोक्ने सिंगान बगाउने गर्दा के गर्नु पर्ला ?
-कफगो पाउडर १० ग्राम दिनमा दुई पल्ट खान दिने ।
-एण्टीवायोटिक टेवलेट २५० मि.ग्रा. दैनिक खान दिने ।
-प्राविधिकको सल्लाह लिने ।

१४. बाख्राले छेर्ने, नखाने र दुव्लाउदै जाने हुदाँ के गर्नु पर्ला ?
-नाम्ले रोग लागेर यस्तो भएको हुन सक्छ , प्राविधिकको सल्लाह लिने ।
-जेनिलज्यान (Oxyclozanide) १०–३० मि.लि. तौल अनुसार दिने ।
-फ्यासिनेम्स २५० मि.ग्राम ट्याव २ दिन सम्म दिने ।
१५. बाख्राको मुख वरिपरी घांउ देखिने पिप्रा बगेर कान ,जिब्रो तर्फ पनि बढेकोमा के गर्नु पर्ला ?
मुख वरिपरि घांउ आउने रोगलाई मुआलो (इचा) भनिन्छ।यो विषाणु वाट लाग्ने रोग हो, घाउलाई एण्टीसेप्टिक औषधिले सफा गरेर एण्टिवायोटिक ट्यावलेट वा सुई ७ दिन सम्म लगाउनु पर्छ ।
१६. बाख्राहरु अचानक धेरै मर्ने ,उच्च ज्वरो आउने, छेर्ने, मुख र जिव्रोमा घांउ देखिने खोक्ने लक्षण देखिए कस्तो रोग हो त्यो ?
-पी.पी.आर.(PPR) रोगको लक्षण हो,
-तीन महिना पुगेको पाठारपाठी र माउहरुमा PPR खोप लगाउनु पर्छ ।
-एण्टिबायोटिक सुईरट्यावबाट उपचार गराउनु पर्छ ।

१७. पी.पी.आर. को खोप कहाँबाट पाउन सकिन्छ ?
जिल्ला पशु सेवा कार्यालय वा पशु सेवा केन्द्रबाट पी.पी.आर.खोप निःशुल्क उपलब्ध हुन्छ।
१८. बाख्रामा लाग्ने किर्ना ,जुम्रा, लुतो जस्ता वाह्य परजीवीहरु नियन्त्रण कसरी गर्ने ?
गोठरगोठका धेरै बाख्राहरुलाई एकैपटक उपचार गर्न ०.५ प्रतिशत मालाथियन वा साएथियन झोल दबाई बनाएर सबै बाख्रालाई पालैपालो डिपिङ टेङ्कमा डुबाउने।एक दुई बाख्रामा हो भने सफा गरेर टेटमासोल सावुनले धुने र गोल्डेन सोलुसन लगाउने ।
१९. आन्तरिक परजीवी (गोलो जुका,फित्ते जुका, नाम्ले) गोठमा फैलिए उपचार कसरी गर्ने ?
डिस्टोडिन १–२ चक्की वा मवेण्डाजोल वोलस आधा चम्ची वा पानकुर २५–७५ मि. ग्रा. शारीरिक तौल अनुसार खुवाउने । प्राविधिकको सल्लाहमा औषधी दिने ।
२०. बाख्रा फार्म शुरु गर्न के के कुरामा ध्यान दिनु पर्छ ?

स्थानीय क्षेत्रमा चरन, वनको घांसको उपलव्धता । बाख्राको श्रोत एवं वजारको अवस्थामा ध्यान दिनु पर्छ।
२१. कति संख्याको माउ बाख्रा भएको बथानमा बोकाको कति हुनु पर्छ ?
बीस माउ बाख्राको बथानमा एक राम्रो गुणस्तरको बोका आवश्यक हुन्छ ।
२२. चरन डाले घाँसको व्यवस्था कस्तो चाहिन्छ ?
-चरन, नजिक र पोषिलो घाँस भएको क्षेत्र राम्रो हुन्छ ।
-चरण क्षेत्रबाट विषादी घाँसको प्रजाति हटाउनु पर्छ ।
-डाले घाँसको राम्रो व्यवस्था मिलाउनु पर्छ ।
२३. बाख्राले मन पराउने डाले घाँसहरु के के हुन् ?
-इपिल इपिल, कुटमेरो, दवदवै, खनिउ, टांकी, किम्वु आदि हुन् ।
-स्थानीय ठाउंमा पाईने राम्रा डालेघांस छनोट गर्नु पर्छ ।
२४. कस्तो बोका व्याडको लागी छान्नु पर्छ ?
स्वस्थ्य, सल्लक परेको, राम्रो संग छिटो छिटो वढने, दुई दुई पाठापाठी दिने माउको पाठो ब्याडको लागि छनौट गर्नु राम्रो हुनेछ । हलक्क बढ्ने बोकालाई खरी बनाउने होइन, ब्याडको लागि राख्नु पर्छ ।
२५. के बाख्रा दूध उत्पादनको हिसावले पनि महत्वपूर्ण हुन्छ ?
-बाख्राको दूध गाईको जस्तै स्वस्थ्य र राम्रो हुन्छ,
-दूधको लागि पनि बाख्रा पालिन्छ ।
-बाख्राको चिज उच्च मूल्यमा बिक्री हुन्छ ।

२६. बोकालाई खसी बनाउन कुन उमेर राम्रो हुन्छ ?
३ महिना वा सो भन्दा माथिको बोकालाई खसी बनाउनु ठीक हुन्छ ।
२७. व्यवसायिक बाख्रा पालनको लागि राम्रो जातको माउ बाख्रारबोका कहाँ पाइन्छ ?
स्थानीय स्तरमा पाइने माउ बाख्रा छनौट गर्नु सवभन्दा राम्रो हो । जमुना पारी र वारवेरी र क्रस बाख्रा सरकारी बाख्रा फार्मबाट पनि पाउन सकिन्छ । निजी बाख्रा विकास फार्महरु पनि राम्रो श्रोतकेन्द्र हुन सक्छ ।
२८. बाख्राको लागि घाँस खेति पनि गर्नु पर्छ ?
व्यावसायिक रुपमा बाख्रा पालन गर्दा घाँस खेति आवश्यक हुन्छ । स्टाइलो, वसिम, भटमासे, जौ, वोडी घाँस लगाउनु पर्छ । डाले घांसको पनि व्यवस्था गर्नु पर्छ ।
२९. बाख्राको लागि (दाना) आहारको कस्तो वन्दोवस्त हुनु पर्छ ?
व्याउने माउ र व्याई सकेको माउलाई २००–५०० ग्राम सन्तुलित दाना दिनु पर्छ ।
३०. बाख्राको प्रजनन् सिजन के हो ?
बाख्राको खासै प्रजनन् सिजन हुदैन । पोषण तत्वहरुले भने प्रजननमा असर पार्दछ।राम्रोसंग हरियो घाँस र दाना पाउने बाख्रा २ वर्षमा ३ पल्ट व्याउने हुन्छ ।
३१. के बाख्रामा कृत्रिम गर्भाधान हुन्छ ?
अनुसन्धान कार्यक्रम तथा केही प्रोजेक्टहरुले बाख्रामा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउदै आएको छ तर गाईरभैंसीमा जस्तो व्यापक र सफल छैन ।

३२. बाख्रालाई बहुलाएको कुकुरले टोक्यो के सुई लगाउनु पर्छ ?
शंकास्पद कुकुरले टोकेमा Antirabies खोप प्राविधिकको सल्लाहमा ३९५ पल्ट लगाउनु पर्छ ।
३३. बाख्राको खुर कुहिने रोग Footrot भनेको के हो ?
भेडा बाख्रामा जीवाणु (Bacteria) बाट लाग्ने खुर कुहिने रोग नेपालबाट उन्मुलन भइ सकेको छ।
३४. बाख्रामा लाग्ने ६ मासे रोग के हो ?
बाख्राको पेटमा हुने जीवाणु (Bacteria) को विष (Toxin) बाट खासगरी १ वर्ष मुनिका पाठा र पाठीमा लाग्ने रोग हो । नियमित खोप लगाएर यो रोगबाट पाठा – पाठीलाई बनाउनु पर्छ।
३५. बाख्रा पालनमा अभिलेख (Record Keeping) को कस्तो महत्व छ ?
बाख्रा पालनमा रेकर्डको ठुलो महत्व हुन्छ । पाठा र पाठी उत्पादन, खसी बोका, दाना औषधि सवैको अभिलेख राख्नु पर्छ ।
३६. बाख्रा, बोका तथा बाख्रा खोररगोठको वीमा हुन्छ ?
बोका बाख्रा तथा गोठको पनि निर्जिवन वीमा कम्पनीहरुले वीमा गर्दछ, एनएलजी, शिखर, प्राइम, सगरमाथा जस्ता १७ निर्जिवन कम्पनीबाट यो सुविधा लिन पाइन्छ।
३७. वीमाको प्रिमियममा सरकारी सहुलियत के छ ?
कृषि विमा गर्दा (बाख्रा, गाई) वीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियममा ७५ प्रतिशत सरकारबाट सिधै कृषकले अनुदान पाउँदछन्।

३८. व्यावसायिक बाख्रा पालन गर्दा सरकारबाट कुनै सहुलियत पाइन्छ ?
व्यावसायिक रुपमा बाख्रा पालन गर्ने कृषक, युवा, समूह, सहकारीका बाख्रापालकलाई गोठ सुधार, बाख्रा खरिद तालीम आदि कार्यमा सहयोग गर्दछ । सम्बन्धित जिल्ला पशु सेवा कार्यालयबाट प्राप्त हुने सहयोग वारे जानकारी लिनु पर्दछ ।
३९. सरकारी सहयोग पाउन बाख्रा पालन व्यावसाय दर्ता गर्नु पर्छ ?
जिल्ला पशु सेवा कार्यालय, सहकारी कार्यालय वा मान्यताप्राप्त अन्य निकायबाट व्यावसायिक बाख्रापालन दर्ता गरेको हुनु पर्छ ।
४०. बाख्रामा लाग्ने प्रमुख सरुवा रोगहरु के हुन ?
बाख्रामा लाग्ने मुख्य सरुवा रोगमा पि.पि.आर. हो । तर खोरेत, लुतो, माउलो आदिले पनि दुःख दिन्छ ।
४१. सामान्यतया बाख्रामा लाग्ने बाह्य परजीवीहरु के के हुन ?
बाख्रामा जुम्रा, उपिया, किर्नी, लुतो जस्ता बाह्य परजीवीले दुःख दिन्छ । कमजोर बाख्रा –पाठा र फोहोर गोठहरुमा यस्ले बढी प्रभाव पार्छ ।
४२. साधारणतया बाख्रामा लाग्ने आन्तरिक परजीवीहरु (Internal Parasite) के के हुन ?
प्रमुख आन्तरिक परजीवीहरु हुनः
नाम्ले जुका, फित्ते जुका, गोलो जुका, फोक्सोमा पाईने जुका, कक्सिडियोसिस (रातो छेर्ने रोग)
४३. आन्तरिक परजीवीलाई रोकथाम गर्न कस्तो उपाय अपनाउनु पर्छ ?
वर्षमा दुई पल्ट आन्तरिक परजीवीको उपचारका लागि दिइने (एन्टलमेन्थिक) औषधी बथानमा रहेका सबै माउ बाख्रा, पाठाहरुलाई नियमित रुपले दिनु पर्छ ।

४४. बाख्राले कुनै विषादी खाएर विरामी भएमा कसरी तुरुन्त उपचार गर्ने ?
प्राविधिकसँग सकेसम्म छिटो सल्लाह लिएर उपचार गराउने । म्याग्नेसियम सल्फेट १०—३० ग्राम अवस्था अनुसार पानीमा घोलेर पिलाउने ।
४५. अचानक बाख्राको पेट फुल्ने र छटपटाउने गरेमा कस्तो उपचार गर्नु पर्छ ?
सबै भन्दा नजिकको प्राविधिकसंग सहयोग लिने, २.९३ ग्राम टिम्पोल खान दिने,
आलसको तेल ५० मि.लि. र तारपिनको तेल १५ मि.लि. मिसाएर पिलाउने,
एभिल सुई २.५ मि.लि.सुई लगाउने ।
४६. बाख्रापालन व्यवस्थामा अभिलेख राख्नु के आवश्यक हुन्छ ?
व्यवसायमा लागेको लगानी र त्यसबाट निस्केको आम्दानीको हर हिसाबको अभिलेख राख्नु सफल व्यवसायीको प्रमुख जिम्मेवारी हो ।
४७. कस्तारकस्ता विवरणको अभिलेख राख्नु आवश्यक हुन्छ ?
बाख्राको प्रजनन, बाख्राको आहार, बाख्राको स्वास्थ्य सम्बन्धि उपचार एवं खोपको तालिका आय९व्यय खर्चको अभिलेख अनिवार्य राख्नु पर्छ ।
४८. बाख्राको दूधबाट चिज बनाउन सकिन्छ भन्छन् के नेपालमा यस्तो प्रचलन छ ?
बाख्राको दूधबाट बनेको चिज धेरै गुणस्तरीय मानिन्छ । चित्लाङ्ग बाख्रा फार्म र स्थानीय एक व्यवसायीले बाख्राको चिज उत्पादन गर्दै आएका छन् ।
४९. चित्लाङ्गको त्यस्तो व्यवसायीको नाम के हो ?
चित्लाङ्ग गा.वि.स.का श्री अशोक सिं ठकुरीले विदेशबाट यो सिप सिकेर नेपालमा बाख्राको चिज व्यवसायिक रुपमा उत्पादन गर्दै आएका छन् । बाख्राको चिज महंगोमा बिक्छ र प्रति के.जी. रु.२,०००९ ३,००० मा बिक्री गरिदै आएको छ।
५०. कति बाख्रा चाहिन्छ चिज उत्पादन गर्न ?
साना जातका बाख्राले अन्य जातमा बाख्राले भन्दा बढी दूध दिन्छ । साना बाख्रा साथै अन्य बाख्राको दूध आफ्नै फर्म वा गाउंका अन्य मानिसको बाख्राबाट संकलन गरेर चिज उत्पादन गर्न सकिन्छ । दैनिक ५० लि. भन्दा बढी दूध संकलन गर्न सके चिज उत्पादनमा सजिलो हुन्छ।